सशस्त्र प्रहरीद्वारा ठुलो मात्रामा कपडा बरामद
शुक्रबार, ०५ चैत २०७२, १९ : ५३
भैरहवा – सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म डण्डाले भारतबाट अवैध रुपमा ल्याईएका कपडा बरामद गरेको छ ।
शुक्रबार गुल्मका सशस्त्र प्रहरी नायब उपरिक्षक शंकर खनालको नेतृत्वमा खटिएको गस्ती टोलीले शुक्रबार २ लाख ८ हजार ३ सय ५० रुपैया बराबरको ६ सय ३० थान लेडिज सुटका कपडा बरामद गरेको छ । उक्त कपडा नवलपरासीको मझौलीमा भारतबाट नेपाल भित्रयाई भण्डारण गर्ने गरिएको र सो स्थानबाट बेवारिसे अवश्थामा फेला परेको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म डण्डाका प्रमुख शंकर खनालले बताए ।
बरामद कपडा भैरहवा भन्सार कार्यालयमा बुझाईएको खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण