शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भातृसंगठनको अधिवेशन ६ महिनाभित्र गर्ने कांग्रेसको निर्णय

शुक्रबार, ०५ चैत २०७२, २० : ०९
शुक्रबार, ०५ चैत २०७२

काठमाडौं–कांग्रेस केन्द्रिय कार्यसमितीको बैठकले आगामी छ महिनाभित्र भातृसंगठनहरुको अधिवेशन गर्ने निर्णय गरेको छ । नयाँ नेतृत्व चुनिएसँगै पार्टी केन्द्रिय कार्यालय सानेपामा शुक्रवार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा नवनिर्वाचित महामन्त्री डा. शशांक कोइरालाले ९ महिनाभित्र भातृसंस्थाहरुको अधिवेशन गर्ने लगायतका ८ ओटा प्रस्ताव पेश गरेका थिए । ‘महामन्त्रीको प्रस्तावमा ९ महिनाभित्र अधिवेश गर्ने कुरा उल्लेख थियो’ केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले भने, ‘छलफल पछी ६ महिनाभित्री अधिवेशन गर्ने निर्णय भयो ।’ १३ औं महाधिवेशन सफल पार्नका लागी सहयोग गर्ने सवैलाई धन्यवाद दिँदै कांग्रेस केन्द्रिय समितिले भ्रष्टाचार, महंगी र कालोबजारी नियन्त्रणका लागी पार्टीका तर्फबाट प्रभावकारी कदम चाल्ने निर्णय गरेको छ । त्यस्तै मधेशको समस्या समाधानका लागी पहल गर्ने निर्णय सर्वसम्मतीले पारीत भएको जानकारी दिँदै केन्द्रिय सदस्य धनराज गुरुङले भने, ‘भुकम्पपीडित र वाढीपिडीतलाई उचित राहतका लागी पहल गर्ने प्रस्तावलाई हामीले पारित गरेका छौं ।’

पौडेल अनुपस्थित १३ औं महाधिवेशन पछिको पहिलो बैठकमा पार्टी नेता रामचन्द्र पौडेल गएनन् । बैठकमा सहभागी नेताका अनुसार पौडेल काठमाडौं बाहिर भएकाले बैठकमा उपस्थित हुन नसकेका हुन् । त्यस्तै आजको बैठकले आगामी चैत २६ गते सवै जिल्ला सदरमुकामहरुमा जनआन्दोनल दिवस मनाउने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप