शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काँग्रेस संसदीय दलको नेता निर्वाचन चैत २२ भित्र

शुक्रबार, ०५ चैत २०७२, २० : १९
शुक्रबार, ०५ चैत २०७२
काठमाडौँ - नेपाली काँग्रेसको १३औँ महाविधेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले संसदीय दलको नेता चयनका लागि केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय सुरेन्द्रराज पाण्डे र गुरुराज घिमिरे रहनुभएको समिति गठन गरेको हो । बैठकले नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० लगायत सम्पूर्ण भ्रातृ संस्थाको अधिवेशन छ महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले सञ्चारकर्मीलाई जानकारी दिए । “केन्द्रीय समितिको पहिलो बैठकले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय समिति गठन गरेको छ, त्यस्तै भ्रातृ संस्थाको आगामी छ महिनाभित्र निश्चित कार्य तालिकासहित महाधिवेशन सम्पन्न गर्ने र त्यसमा पहिलो चरणमा नेविसङ्घको प्रक्रिया अघि बढाउन निर्णय भएको छ”– उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप