शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मलेसियाले बढायो लेबी, स्थगित शुल्कमा फेरबदल

शनिबार, ०६ चैत २०७२, ०९ : ०३
शनिबार, ०६ चैत २०७२

क्वालालम्पुर–मलेसियाले आप्रवासी कामदारको लेबी बढाएको छ । बढाईएको लेबी शुल्क पूर्वि मलेसियाको हकमा (सावा र सार्वाक) भने लागु नहुने स्पष्ट पारिएको छ । केहिदिन अघि मात्र बसेको मन्त्रिपरिषद बैठकले आप्रवासी कामदारको लेबी तत्काल बृद्धि नगर्ने निर्णय गरे पनि एकाएक फेरि लेबी बढाईएको हो ।

यसअघि घोषणा गरेकै शुल्कलाई फेरबदल गरी मलेसियाले नयाँ शुल्क निर्धारण गरेको गृहमन्त्रालयका महासचिव दातुक सेरी अल्वी ईब्राहिमलाई उध्रित गर्दै मलेसियन सन्चारमाध्यमले जनाएका छन् । लेबिलाई पहिले जस्तै २ प्रकारले निर्धारण गरिएको छ । उत्पादन र निर्माणका लागि १ हजार ८ सय ५० आरएम तय गरिएको छ । सेवाको लागी यसअघि नै १ हजार ८ सय ५० आरएम लेबि भएकाले सेवातर्फको लेबि यथावत छ ।

यस्तै कृषि र बगानका लागी ६ सय ४० आरएम निर्धारण गरिएको छ। उत्पादन र निर्माण तर्फ काम गर्नेले यस अघि बार्षिक १ हजार २ सय ५० आरएम तिर्दै आएकोमा ६ सय आरएम थपिएको हो । यस्तै कृषि क्षेत्रमा काम गर्नेले ४ सय सय १० आरएम र बगान क्षेत्रमा काम गर्नेले ५ सय ९० आरएम लेबि तिर्दै आएकोमा कृषि तर्फ २ सय ३० आरएम तथा बगान तर्फ ५० आरएम थप तिर्नु पर्ने भएको छ ।

गत फेब्रुवरी १ मा लेवी शुल्क बृद्धि गर्दा ब्यापक बिरोध भएपछि स्थगित भएको थियो । यसअघि उत्पादन निर्माण र सेवाका लागी २ हजार ५ सय आरएम तथा कृषि र बगानका लागी १ हजार ५ सय आरएम लेवी तय गरिएको थियो । यो लेवी शुल्क लागु हुन सकेको थिएन । फेब्रुवरी १ देखि लागु हुने भनि घोषणा गरिएको लेवीको सन्दर्भमा उद्योगी तथा बिभिन्न ब्यबसायी संघका ५५ वटा संगठनले बिरोध गरेपछि सरकार आफ्नो निर्णयबाट पछि हट्न बाध्य बनेको थियो ।

गत फेब्रुवरी १६ मा पनि बिभिन्न २८ वटा उद्योगी तथा ब्यबसायीहरुको समुहसंग सरकारले बार्ता गरेको हो । आप्रवासी कामदारका लागि भने आगामी जुलाईदेखि मासिक एक हजार रिंगेट न्युनतम पारिश्रमिक लागू गर्ने मलेसियाले यसअघि नै घोषणा गरिसकेको छ । रोजगारीको लागि धेरै कामदार मलेसिया पठाउने देशमा नेपाल पर्दछ । इन्डोनेसियापछि दोस्रो स्थानमा हालपनि नेपाल छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप