रमझियामा आगलागीबाट १५ लाख क्षति
शनिबार, ०६ चैत २०७२, ०९ : ५६
सप्तरी– कञ्चनरुप नगरपालिका–२ स्थित बरमझियामा शुुक्रबार साँझ आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।
स्थानीयवासी मुखिलाल चौधरीको गाईगोठबाट अचानक सल्केको आगाले निजको एक तथा छिमेकी सुखिलाल मुखिया र सवुरलाल मुखियाका एक एक घर जलेको छ । सबुरलालका तीन वटा बाख्रा पनि मरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कुन कारणले आगलागी भएको प्रहरीले खुलाएको छैन ।
सो आगलागी नियन्त्रण गर्ने क्रममा भोटाइ मुखिया, नन्नदी चौधरी लगायतको केही घर आंशिक रुपमा क्षति भएको प्रहरी निरीक्षक गौरव महतले बताए । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाडावर्तन र नगद जिन्सी गरी रु १५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले बताएको छ ।
आगो स्थानीयवासी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राजविराजबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण