शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सुधारिएको गोठ नहुँदा पशुपालन व्यावसाय संकटमा

शनिबार, ०६ चैत २०७२, १० : ११
शनिबार, ०६ चैत २०७२

जाजरकोट – यहाँका अधिकांश किसानहरुको सुधारिएको गोठ नहुँदा पशुपालन व्यवसाय फस्टाउन सकेको छैन् । पशुपालन व्यावसाय गर्ने किसानहरुलाई आवश्यक ज्ञानको अभावमा सुधारिएको गोठ प्रयोग हुन नसकेको हो ।

ग्रामीण भेगका किसानहरुले सवै पशु चौपाय,भेडा ,वाख्रा, बोकालगायतका वस्तुभाउ एकै ठाउँमा राख्दा पशुपालन व्यवसाय फस्टाउन नसकेको जिल्ला पशु सेवा कार्यालयका डाक्टर गुरुप्रसाद खकुरालले बताए । आवश्यक ज्ञानको अभावमा यहाँका किसानहरुले यस्तो गरेको खकुरालको भनाई रहेको छ ।

भेडा, वाख्रा, खसी, बोकालगायका पशुहरु वाँध्ने गोठहरु छुटाछुटै गरिनुपर्ने भएपनि जिल्लाका अधिकाश किसानहरु एकै ठाउँमा बाँध्दा वृद्धी विकास, थप आहारमा समस्या भएको हो । पशु व्यवासाय व्यवस्थापनसंगै वृद्धी विकास अनि स्वास्थ्य बनाउनका लागि सबैको खोर फरकफरक बनाउनुपर्ने हुन्छ ।

बाख्राको खोरमा खसीसँगै नराखेर अर्को ठाउँमा राखिदा स्वास्थ्यको लागि पनि राम्रो हुने र विकास छिटो हुने गर्दछ । पशुपालन व्यवसायमा हाडनाता करणीवाट जन्मिएका पशु चौपायहरु पनि वृद्धी विकासमा समस्या परेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । पशुपालन व्यावसाय फस्टाउनाका लागी स्वास्थ्य वोकाहरु खरिद गरी हाडनाता भन्दा वाहिरको भएमा राम्रो हुने कार्यालयले जनाएको छ ।

जाजरकोटमा सुधाएिको खोरमा अभावमा विभिन्न रोगको संक्रमण हुने वढी देखिएको पशु सेवा कार्यालयको भनाई छ । समय समयमा वाख्रोको स्वास्थ्य जाँच गरिनु पर्ने,वाख्रा ,खसी,वोकाको खोर छुट्टा छुट्दै वनाउनु पर्ने,साना पाठा,पाठी हरुको खोर अलग वनाएमा वृद्धी विकास हुनुका साथै पशुपालन व्यावसाय फस्टाउने कार्यालयले वताएको छ ।

सुरक्षित खोर नहुँदा जाजरकोटमा ७ प्रतिशत बाख्राहरु तुहिने गरेका छन् । जन्मिसकेका ११ प्रतिशत पाठापाठी असुक्षित खोरका कारण मर्ने गरेको पशु सेवा कार्यालयले वताएको छ । ३५ प्रतिशत बाख्राले जुमल्याह पाठापाठी जन्माउने गरेको तथ्याक रहेको छ । दैनिक जाजरकोटमा १७ वटा खसीहरु मासुका लागि काटिने गरेको छ भने मासिक ५ सय १० र वार्षीक ६ हजार १ सय २० वटा मासुका लागी खसी काट्ने गरिन्छ ।

जाजरकोटमा ७ करोड ९५ लाख ६० हजारको मासु वार्षिक रुपमा विक्री हुने गरेको पशुसेवा कार्यालयले वताएको छ । मासु काट्दा खसी र बोकालाई स्वास्थ्य अवस्था के छ भन्ने वुझदै नवुझी जथाभावी काट्दा मानव स्वास्थ्यलाई पनि समस्या हुँदै आएको छ ।

आधुनिक पशुपालन विधी प्रयोग हुन नसक्दा यहाँका किसानले गरेको मेहनत खेर गएको पशु सेवा कार्यालयको भनाई छ । जिल्ला पशु कार्यालयले प्रभावकारी रुपमा किसानका कुरा सुन्ने र व्यवसायमुखी किसानाई समय समयमा जनचेतना, सचेतना मुलक कार्यक्रम ग्रामीण क्षेत्र मुखी गराएर लैजाने हो भने जिल्लाको पशुपालन व्यवसाय सुधार हुने देखिन्छ । जाजरकोटका २६ गाविस र १ नगरपालीकामा १ लाख १ हजार २ सय ४२ वाख्रा रहेका छन् । ४ ठाउँमा वधस्थल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप