खेलकुद महासंघका पदाधिकारीद्वारा प्रचण्डसँग भेट
शनिबार, ०६ चैत २०७२, १० : १८
काठमाडौं-अखिल नेपाल खेलकुद महासंघका पदाधिकारीहरुले अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका छन् । अध्यक्ष युवराज लामाको नेतृत्वमा आएको उक्त टोलीले अध्यक्ष निवास लाजिम्पाटमा आज बिहान भएको भेटवार्ता गरेको हो ।
भेटमा अध्यक्ष प्रचण्डले महासंघ पदाधिकारीलाई खेलकुद क्षेत्रमा भएका समस्याहरुको डटेर सामना गर्दै यसको विकासमा दृढतापूर्वक लाग्न निर्देशन दिए । उनले एमाओवादी पार्टीलाई दुई वर्षमा १ नं. को पार्टी बनाउन र समाजवादी क्रान्तिका लागि देश व्यापीरुपमा सक्रियता पूर्वक अगाडि बढ्न निर्देशन पनि दिए ।
भेटघाट कार्यक्रममा अध्यक्ष लामाले खेलकुद क्षेत्रमा देखिएका समस्याहरुबारे प्रकाश पारेका थिए । खेलकुद क्षेत्रको विकासका लागि महासंघ सम्पूर्ण रुपले समर्पित भएर लागि पर्ने अध्यक्ष लामाले प्रतिबद्धता पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण