सुकुम्बासीले जग्गाधनी पुर्जा पाएनन्
नवलपरासी– यहाँको रुपौलिया त्रिवेणीसहित आधा दर्जन गाविसका स्थानीयवासीले जग्गाधनी पुर्जा पाएका छैनन् ।
विसं २०२० देखि बसोबास गर्दै आएका सुकुम्बासीले लामो समयदेखि जग्गा जोतभोग गर्दै आएपनि हालसम्म जग्गाधनी पुर्जा नपाएका हुन् । २०१७ सालमा नारायणी नदीमा आएको बाढीले कटान भएपछि जग्गा जोतभोग गर्दै आएका कुडिया, नर्सही, पक्लिहवा र गुठीप्रसौनीका स्थानीयले पनि पुर्जा नपाउँदा भूमि अधिकारबाट वञ्चित भएका सो क्षेत्रका सांसद देवकरण कलवारले बताए ।
लामो समयदेखि जोतभोग गर्दै आएपनि पुर्जा नहुँदा समस्या भएको भन्दै सुकुम्बासीले गुनासो गरेका छ्न् । ती गाविसमा करिब दुई हजार ५०० सुकुम्बासीले जग्गा धनी पुर्जा नपाएको तथ्याङ्क छ ।
विसं २०५७ मा तत्कालीन सरकारले उक्त गाविसको सुकुम्बासी समस्या समाधान गरी जग्गा दर्ता गर्न ‘जग्गा दर्ता समस्या समाधान समिति’ गठन गरेको भए पनि समितिले हालसम्म काम सम्पन्न गर्न सकेको छैन ।
झलुङ्गे पुल निर्माण सुनवलस्थित उत्तरायणी खोलामा झलुङ्गे पुल निमार्ण सुरु भएको छ । सुनवल नगरपालिका वडा नं २ र ५ मा पर्ने उत्तरायणी खोलामा झलुङ्गे पुल निमार्ण सुरु भएको हो ।
रु ३८ लाखको लागतमा निर्माण गरिन लागेको सो पुल २०७३ असार मसान्तसम्म निर्माण सम्पन्न हुने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष चिन्तामणि सापकोटाले बताए । पुल बनेपछि सुनवलका करिब १० हजार जनता प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण