शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दुई घण्टासम्म ल्याण्ड गर्न खोजेर अन्ततः यसरी भयो ‘फ्लाई दुबई’को विमान दुर्घटना (भिडियो)

शनिबार, ०६ चैत २०७२, १२ : ३६
शनिबार, ०६ चैत २०७२
काठमाडौं – रसियाको उत्तरी भागमा रहेको सहर रोस्तोभ–अन–डन मा एक यात्रुवाहक विमान दुर्घटना हुँदा ६ जना विमान कर्मचारीसहित ६१ जनाको निधन भएको छ । फ्लाई दुबईको बोइङ ७३७–८०० विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त बनेको हो । दुबईबाट आएको उक्त विमान रनवेको साट्टो बाहिर ल्याण्ड गर्न पुगेको थियो । दुर्घटनाको कारण अहिलेसम्म नखुलाए पनि भिजिबिलिटी राम्रो नहुनु र तीव्र गतिमा चल्नुलाई यस्तो कारण मानिएको छ । प्लेनमा आगो लागेको र विस्फोट भएको रिपोर्टहरु पनि आएका छन् । प्रारम्भिक रिपोर्टका अनुसार प्लेनले पहिलो पटक ल्याण्ड गर्न खोजे पनि सकेको थिएन । २ घण्टा सम्म आकासमा उडेपछि दोस्रो पटक ल्याण्ड गर्ने प्रयास गर्दा दुर्घटना भएको थियो । एफजे ९८१ कल साइन भएको विमानमा अधिकांश रसियाली नागरिक रहेको बताइएको छ । अर्का रसियाली अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले भने ३ जना विदेशी नागरिक समेत रहेको बताए पनि यसको पुष्टि हुन अझै बाँकी रहेको छ । हाल ७ सय उद्धारकर्ताहरु दुर्घटना स्थलमा पुगेका छन् । विमानमा लागेको आगो निभाइसकिएको छ । विमानको फ्लाइट रेकर्डरको खोजी भइरहेको छ । हाल विमानस्थलमा आउने अन्य विमानहरुलाई अन्यत्र डाइभर्ट गरिएको छ । विमान दुर्घटना भएको सिसीटिभी फुटेज भाइरल बने पनि त्यसको पुष्टि हालसम्म भएको छैन । बोइङले दुर्घटनाबारे छानविन भइरहेको बताएको छ । स्न २००९ मा शुरु गरिएको बजेट क्यारियर फ्लाइ दुबई विश्वका ९० स्थानमा यात्रा गर्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप