सबै दल मिल्नुको विकल्प छैनः सुजाता
विराटनगर– नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले संविधान कार्यान्वयन र गणतन्त्र संस्थागत गर्नका लागि सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताएकी छन् ।
जिपी फाउन्डेसन विराटनगरमा आज आयोजित गिरिजाप्रसाद ट्रेड युनियन पुरस्कार वितरण समारोहमा उनले संविधानको कार्यान्वयन र गरिबी निवारणतर्फ सबै दल केन्द्रित हुनुपर्ने र यसमा नेपाली काँग्रेसले नेतृत्व लिनुपर्नेमा जोड दिइन् ।
सो अवसरमा नेत्री कोइरालाले वैदेशिक रोजगारमा जानेको कष्टकर व्यथा समेटिएको ‘अन्त्यहीन’ नाटकका रचनाकार नेपाल ट्रेड युनियन काँग्रेस पूर्वाञ्चल समितिका अध्यक्ष नारायणबाबु कार्कीलाई सम्मान गरिन् ।
काँग्रेस मोरङका सभापति एवम् सांसद डिगबहादुर लिम्बूले मजदुरको आन्दोलनलाई गिरिजाप्रसाद कोइरालाले नेतृत्व गर्नुभएको उल्लेख गर्दै मजदुरको हितका लागि काँग्रेस अग्रसर हुनुपर्ने औंल्याए । सांसद अशोक कोइरालाले ट्रेड युनियनको मागलाई पूरा गर्नका लागि संसद्मा आवाज उठाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण