वृद्ध मृत अवस्थामा फेला
शुक्रबार, १९ चैत २०७२, १० : २८
मोरङ - मोरङको डायनियामा बिहीबार साँझ एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । डायनिया–७ स्थित भेडुवाथान भन्ने स्थानमा नाम, थर र वतन नखुलेका मागी खाई हिँड्ने अन्दाजी ८० वर्षीय वृद्ध मृत अवस्थामा फेला परेका हुन् । मृतकको शवपरीक्षणका लागि रङ्गेली अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । अत्यधिक मदिरासेवनले ज्यान गयो मोरङको भाउन्ने घर भएका बस चालकको अत्यधिक मदिरा सेवनका कारण गएराति ज्यान गएको छ । धरान–तेह्रथुम सडकखण्डमा सञ्चालन हुने को १ ख २७७० नम्बरको बसका चालक मोरङ भाउन्नेका ३५ वर्षीय महेन्द्र चौधरीको अत्यधिक मदिरा सेवनका कारण ज्यान गएको हो । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल तेह्रथुममा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण