शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सामाजिक सञ्जालका कारण घरपरिवार छाडेर हराउने महिलाको सङ्ख्यामा वृद्धि

शुक्रबार, १९ चैत २०७२, १० : ३२
शुक्रबार, १९ चैत २०७२

म्याग्दी - म्याग्दीमा घरपरिवार छाडेर हराउने महिलाको सङ्ख्या बढेको छ । गत साउनदेखि हालसम्म १७ जना महिला हराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोजी गर्नका लागि निवेदन आउनेमध्ये अधिकांश २० देखि २५ वर्ष उमेर समूहका महिला बढी हराएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान मीना बुढाथोकीले जानकारी दिए । १७ जना हराएका महिलामध्ये १० जना महिला सम्पर्कमा आएको प्रहरीले जनाएको छ । अधिकांश विवाहित महिला हराएको भनी खोजीका लागि निवेदन आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताए । “हराएका महिला कुनै पनि बेचबिखनमा परेको भेटिएको छैन, वैदेशिक रोजगारीका कारण युवा विदेसिने र उनका श्रीमतीहरु अर्कैसँग भागेर जाने गरेको भेटिएको छ”, प्रहरी निरीक्षक गुरुङले भने । प्रहरीका अनुसार कतिपय महिला बालबच्चा र श्रीमान्ले कमाएको सम्पत्तिसमेत लगेर अर्को पुरुषसँग विवाह गर्नेसमेत देखिएको छ । सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोगले समेत विवाहित महिला र परपुरुषको अनैतिक सम्बन्ध रहने क्रम बढेको अनुसन्धानका क्रममा पाइएको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप