शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

माटोको ढिस्कोले पुरिँदा बालकको ज्यान गयो

शुक्रबार, १९ चैत २०७२, १० : ५८
शुक्रबार, १९ चैत २०७२

गुल्मी - माटोको ढिस्कोले पुरिएर गुल्मीमा एक बालककोे ज्यान गएको छ । यसरी ज्यान जानेमा हस्तिचौर–३ निवासी १६ वर्षीय नाम बहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बिहीबार अम्मरपुर गाविसस्थित बुल्ममा घर पोत्नका लागि माटो खन्ने क्रममा अचानक ढिस्कोले पुरिँदा उनको घटनास्थलमै ज्यान गएको बताइएको छ । उनको शवपरीक्षणका लागि गएराती जिल्ला अस्पताल तम्घासमा ल्याई पु¥याइएको छ । गत महिना पनि गुल्मीमा घर पोत्नका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एक महिलाको ज्यान गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप