वैदेशिक रोजगारमा जानेलाई निःशुल्क प्रवेशाज्ञा प्रणालीको माग गर्दै धर्ना
शुक्रबार, १९ चैत २०७२, १२ : १६
काठमाडौँ - सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले ‘निःशुल्क प्रवेशाज्ञा प्रणाली’ लागू गर्न माग गरेको छ ।
सक्रिय सेवा समाज, पौरखी नेपाल, एसियन फोरम, ओरेक नेपाल, म्याग नेपाललगायत विभिन्न २१ वटा सङ्घसंस्थाले आज बिहान करिब दुई घन्टा भद्रकालीमा धर्ना दिएका छन् ।
सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बरालले विगतमा सरकारले गरेको ‘निःशुल्क प्रवेशाज्ञा प्रणाली’ अहिलेसम्म व्यवसायीले कार्यान्वयन नगरेकाले उनीहरुलाई कारबाहीको माग गरे । सञ्जालका प्रतिनिधि बालकृष्ण गैरेले वैदेशिक रोजगार भनेको नेपाली श्रमिकको बाध्यता भएको र त्यस्तो बाध्यतामाथि मेनपावर कम्पनीले श्रमिकलाई ठगी गर्न नहुने बताए ।
सञ्जालले निःशुल्क प्रवेशाज्ञा प्रणाली कार्यान्वयनका लागि राष्ट्रपति, प्रधानमन्त्री, श्रममन्त्री, संसद्को अन्तर्राष्ट्रिय श्रम समितिलगायतका संस्थामा ध्यानाकर्षण गराउने पौरखी नेपालका प्रतिनिधि विजया राई श्रेष्ठले जानकारी दिए ।
पहिलो चरणमा विभिन्न सात देशमा निःशुल्क प्रवेशाज्ञा प्रणाली लागू भइसकेको भएपनि व्यवसायीले अवरोध गरेका कारण पूर्णरुपमा लागू हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण