चीन र अमेरिकाबीच सहमति लगत्तै उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपण
शुक्रबार, १९ चैत २०७२, १५ : ३९
काठमाडौं – अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनियाँ राष्ट्रपति सि जिनपिङले उत्तर कोरियाको आणविक कार्यक्रमलाई निरुत्साहित गर्न मिलेर काम गर्ने बताएको केही घण्टामा नै उत्तर कोरियाले बलास्टिक मिसाइल प्रक्षेपण गरेको छ । आणविक सम्मेलनको दौरान बिहिबार अमेरिकाको वासिङटनमा भएको साइडलाइन वार्तामा दुई नेताले सहकार्य गर्ने कुरा राखेका थिए ।
मिडिया रिपोर्टका अनुसार शुक्रबार स्थानीय समयअनुसार १२ः४५ बजे उत्तर कोरियाको पूर्वी तटबन्धबाट समुद्रमा मिसाइल प्रक्षेपण गरिएको हो ।
बिहिबार मात्र अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियालाई थप आणविक परिक्षण गर्नबाट रोक्न चीन र अमेरिकाले सहकार्य गर्ने बताएका थिए । उनले दुई नेताबीच भएको छलफल सकारात्मक भएको बताएका थिए ।
पछिल्लो समय उत्तर कोरियाले हाइड्रोजन बम परिक्षणदेखि मिसाइल परिक्षण गरिरहेको छ ।
यता, उत्तर कोरियाले भने दुई नेताबीच भएको सहमतिलाई ‘वाहियात’ भएको संज्ञा दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण