शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रौतहटको परीक्षा केन्द्रमा नक्कली पत्रकार र नक्कली परीक्षार्थी पक्राउ

शुक्रबार, १९ चैत २०७२, १५ : ४७
शुक्रबार, १९ चैत २०७२

रौतहट – रौतहट स्थित प्रवेशिका परीक्षाको दोस्रो दिन नेपाली बिषयको परीक्षामा एकजना नक्कली परीक्षार्थी र एकजना नक्कली पत्रकार पक्राउ परेका छन् । लौकाहा परीक्षा केन्द्रमा परीक्षार्थी सरोज कुमार यादवको सटा परीक्षा दिईरहेका मनोज कुमार यादव पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटीगएको अनुगमनटोलीले उक्त नक्कली परीक्षार्थीलाई रंगेहात पक्राउ गरेको हो । नक्कली परीक्षार्थी हाल प्रहरीको नियन्त्रणमा रहेको र जिल्ला प्रहरी समन्वय समितिको निर्णय अनुसारको कार्यवाही हुने प्रवक्ता एवं प्रहरी निरिक्षक बिरेन्द्र पाश्वानले बताए । त्यसैगरी पथरा परीक्षा केन्द्रमा आफु पत्रकार रहेको भनी प्रहरीलाई झुक्याएर भित्र छिर्न खोजेका स्थाानिय बर्ष २० का बिकाश कुमार यादव पक्राउ परेका छन् । उनी प्रहरीको नियन्त्रणमा रहेका छन् । दोस्रोदिनको परीक्षामा जिल्लाभरीमा कुल तीनसय ४९जना अनुपस्थित भएका छन् । नियमित तर्फ कुल ६ हजार चारसय ७६ जना र ईक्जाम्टेड तर्फ कुल तीन हजार तीन सय पाँचजना सहभागी भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । परीक्षालाई मयार्दित बनाउन नेपाल प्रहरी सशस्त्र प्रहरीका साथै १० वटा बिषेश मोबाईलटोली परिचालन भएको सिडिओ नरहरी बरालले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप