कालोबजारी गर्न राखिएको १ सय २० सिलिण्डर ग्यास वाइसिएलद्वारा कब्जा, स्थानीयलाई बाँडिदै
काठमाडौं – भ्रष्टाचारी र कालोबजारीविरुद्ध आफ्नो अभियान तिव्र बनाएको एमाओवादीको भातृसंगठन वाइसिएलले शुक्रबार पोखरामा ठूलो परिणाममा कालोबजारी गर्नकालागि लुकाएर राखेको ग्यास सिलिण्डर बरामद गरेको छ । पोखरा उपमहानगरापलिका वडा नम्बर २९ मा रहेको हेम्जास्थित कृष्णलक्ष्मी सप्लायर्समा आज दिउँसो छापा मार्दा १ सय २० वटा भरी सिलिण्डरका ग्यास बरामद गरिएको हो । वाइसिएल कास्कीका सहसचिव सुवास पौडेलले रातोपाटीसँग कुरा गर्दै भने, ‘बढी मूल्यमा बिक्री गर्नका लागि ग्यास राखिएको छ भन्ने सूचनाका आधारमा आज हामीले करीब साढे २ बजे छापा मारेका थियौं । छापा मार्दा १ सय २० वटा भरी सिलिण्डर ग्यास लुकाएर राखेको अवस्थमा फेला पार्यौं ।’ उनले दिएको जानकारी अनुसार भरी सिलिण्डर ग्यास २५ सय रुपैयाँभन्दा माथिसम्म उक्त पसलबाट ग्यास बिक्री भएको सूचना वाइसिएललाई प्राप्त भएको थियो । हाल, प्रहरीको रोहबरमा स्थानीय जनतालाई बाँड्दै गरिएको पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण