शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

निजी विद्यालयले राख्न थाले नक्कली गार्ड : सिराहामा चारजना पक्राउ

शुक्रबार, १९ चैत २०७२, १६ : ०५
शुक्रबार, १९ चैत २०७२

सिरहा – एसएलसी परीक्षाको आज दोस्रो दिन नेपाली विषयको परिगामा नक्कली परिचय पत्र वनाई गार्ड बसेका चारजना पक्राउ परेका छन् । सिरहाको चोहर्वास्थित जनता उच्च मावि परिक्षा केन्द्रबाट इरसाद खान, कविन्द्र सिंह, संजिव यादव र देवेन्द्र कुमार यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । खान गोलबजारस्थित जेम्स वोर्डिङ स्कूलका शिक्षक भएपनि उनी अरुनै विद्यालयको शिक्षकको परिचय पत्र वनाई गार्ड वसेका थिए । कविन्द्र सिंह भोजपुर जिल्ला पञ्चकन्या प्रावि र सञ्जिव यादव धनुषाको सिमरढी उमाविका शिक्षक रहेको बताईको छ भने देवेन्द्र गोलबजारकै आईजेभीएम आवासिय विद्यालयको शिक्षक भएपनि उनले जनहित निमावि गोलबजारको शिक्षक भएको नक्कली प्रमाण पेस गरेर गार्ड बसेको जनाएको छ । खान कार्यरत जेम्स स्कूल ५ कक्षासम्ममात्र स्वीकृत भएपनि जनता उच्च माविको नाममा विद्यार्थीको फारम भराई कक्षा १० सम्म पढाउने गरेको छ । सो विद्यालयलका १८ जना विद्यार्थीले पनि जनता उच्च मावि गोलबजारकै नामबाट परीक्षा दिईरहेको विद्यालयका एक संस्थापक तथा प्रिन्सिपल सुरेन्द्र सिंहले जानकारी दिए । सिंह उच्च मावि गोलबजारका मावि शिक्षक पनि छन् । सो केन्द्रमा जनता उच्च मावि गोलबाजार, आईजेभीएम आवासीय मावि गोबजार र जनता मावि व्रम्हपुरीको सेन्टर रहेको छ । जनहित निमाविवा सो नामको शिक्षक नै नरहेको त्यहाँ कार्यरत एक शिक्षकले जानकारी दिए । पक्राउ परेका सवैजनालाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको जनाएको छ । यस वर्षको एसएलसी परीक्षामा सिरहामा निजी विद्यालयको शिक्षक बस्न नपाउने नियम जिल्ला परीक्षा समितिले बनाएपछि नीजि विद्यालयहरुको सिफारिसमा नक्कली गार्डहरु वस्ने गरेको बताईएको छ । यता केन्द्राध्यक्ष ब्रम्हदेव प्रसाद सिंहले आफूले जिल्ला वाहिरको शिक्षक राख्न पाउने नपाउने विषयमा जानकारी नपाएको कारण वाहिरी जिल्लाका शिक्षकलाई पनि राखेको बताए । अरुले पनि सरकारी विद्यालयको लेटरप्याडमै सिफारिस ल्याएको हुँदा उनीहरुलाई पनि गार्डको लागि आफूले सिफारिस गरेको बताए । आफू कुनै प्रलोभनमा परेर उहाँहरुलाई गार्ड नबनाएको पनि कन्द्राध्यक्ष सिंहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप