शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सुटुक्क विवाह बन्धनमा बाँधिए कासियास

शुक्रबार, १९ चैत २०७२, १७ : ४७
शुक्रबार, १९ चैत २०७२

काठमाडौं – विश्वकप विजेता गोलकिपर इकर क्यासियासले आफ्नी टिभी रिपोर्टर प्रेमिका सारा कार्बोनेरोसँग गुपचुप विवाह गरेका छन् । दुवैले गत मार्च २० मा विवाह गरेको स्पेनिस पत्रिकाले जनाएको छ । हाल दुवै आफ्नो दोस्रो सन्तान अपेक्षा गरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार म्याड्रिडको बोआडिला डेल मोन्टो नामक गाउँमा सामान्य समारोहबीच दुवैले विवाह गरे । विवाह समारोहमा कानुनले माग गरेअनुसार अन्य दुई जना बाहेक कसैलाई निमन्त्रणा गरिएको थिएन । उनीहरु यो कुरा केही महिना गुपचुप राखेर भव्य पार्टीसहित आफ्ना परिवार र मित्रहरुलाई बताउन चाहेका थिए । तर, यो कुरा ‘हेलो’ नामक स्पेनिस मिडियामा आएको थियो ।

सन् २०१० देखि डेटिङ शुरु गरेका दुई विश्वकपको दौरान मिडियामा निकै छाएका थिए । कासियासले सारालाई प्रत्यक्ष टेलिभिजनका क्रममा चुम्बन नै गरेका थिए । ३४ वर्षीय कासियास रियल म्याड्रिडबाट स्तानान्तरण भएर हाल पोर्टोबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप