शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अप्रिल फुल मनाउन गुगललाई पर्यो भारी

शुक्रबार, १९ चैत २०७२, १८ : ३०
शुक्रबार, १९ चैत २०७२

काठमाडौं – आज अप्रिल फुल । धेरैले एक अर्कालाई झुक्याएर यो दिन रमाइलोसँग मनाउने गर्छन् । अमेरिकी कम्पनी गुगलले पनि आज अप्रिल फुल मनाउने जमर्को गर्यो । जसका लागि उसले जिमेलमा एउटा नयाँ बटन राख्न पुग्यो । जसले इमेल पठाउनु साटो मियिननको कमिकल एनिमेसन पठाउँथ्यो । धेरैले जिमेलमा नयाँ बटन के आयो भनेर प्रयोग पनि गरे । तर, पछि गुगल फोरममा यो बटनमा धेरै नै नकारात्मक टिप्पणीहरु आउन थाले । धेरैले महत्वपूर्ण इमेल पठाउने बेलामा अप्ठ्यारो बनाएको भन्दै गुनासो गरे ।

अन्ततः गुगगले अप्रिल फुल बटन हटाउन बाध्य भयो । गुगलले यस विषयमा माफी समेत माग्यो । ‘यो वर्ष हामीले आफूले आफूलाई मुर्ख बनाएछौं,’ गुगलले वक्तव्यमा भनेको छ । यसो त सन् २००४ को अप्रिल १ मा गुगलले आफ्नो शरुवात भएको घोषणा गर्दा धेरैले अप्रिल फुल भन्दै पत्याएका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप