शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

राप्रपा नेपालद्वारा सहअध्यक्ष विष्ट निलम्बित

शुक्रबार, १९ चैत २०७२, १८ : ३७
शुक्रबार, १९ चैत २०७२
काठमाडौं – राप्रपा नेपालले सहअध्यक्ष केशरबहादुर विष्टलाई ३ वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ । वीरगञ्जमा जारी केन्द्रीय समितिको बेठकले सो निर्णय गरेको पार्टी प्रमुख सचेतक दिलनाथ गिरीले रातोपाटीलाई जानकारी दिए । ‘वीरगंज बैठकले पार्टी हितबिपरित गतिविधिमा संलग्न केशर बिष्टलाई ३ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरि निलम्बन गर्ने निर्णय गरेको छ,’ गिरीले भने  । बिहिबारदेखि शुरु भएको बैठकलाई विष्ट समूहले बहिस्कार गरेको थियो । विष्टबाहेक बहिस्कार गर्ने अन्यको बारेमा भने केही बताइएको छैन । विष्टले केही दिनअघि पार्टी नेतृत्व एकलौटी ढंगमा चलेको आरोप लगाउँदै पार्टी शुद्धिकरणका लागि सबै राप्रपा एक हुनुपर्ने भन्दै विज्ञप्ति निकालेका थिए । उनले पार्टी सरकारबाट फिर्ता हुनुपर्ने धारणा समेत राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप