शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पेरिसमा विस्फोट, कम्तिमा ५ जना घाइते

शुक्रबार, १९ चैत २०७२, १९ : १६
शुक्रबार, १९ चैत २०७२
पेरिस – फ्रान्सको राजधानी पेरिसमा शुक्रबार भएको विस्फोटमा कम्तिमा ५ जना घाइते भएका छन् । पेरिसको सिक्स एरोडिसमेन्ट क्षेत्रको एक घरको ग्यास पाइपलाइनमा विस्फोट भएको हो । प्रहरीले उक्त घटना आतंकवादसँग सम्बन्धित नभएको बताएको छ । घटना स्थानीय समय अनुसार १२ बजेर २० जाँदा भएको हो । यो आवसीय क्षेत्र हुनको साथै वकिल, एकाउन्टेन्ट र टेलिकम्युनिकेसन कम्पनीका अफिसहरु पनि रहेका छन् । यही नजिक पेरिस स्टक एक्सचेन्जको भवन र न्युज एजेन्सी एएफपीको हेडक्वाटर पनि रहेको छ । पछिल्लो वर्ष भएको आतंकवादी हमलापछि पेरिसमा सुरक्षा निकै बढाइएको छ । उक्त घटनामा १ सय ३० जना मारिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप