संघीयता कार्यान्वयनमा सरकार बाधक : निधि
शुक्रबार, १९ चैत २०७२, १९ : १९
जनकपुरधाम - नेपाली काँगे्रसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले संविधानको आधारभूत चरित्र सङ्घीयता भए पनि यसको कार्यान्वयन गर्ने दिशामा अहिलेको सरकार बाधक रहेको बताएका छन् ।
काँग्रेस क्षेत्र नं ४ को क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारमा रहेका नेतृत्वदायी पार्टीले सीमाङ्कनको विषयलाई सामाधान गर्न नसकेको आरोप लगाए ।
उनले शेरबहादुर देउवाको नेतृत्वमा रहेको अहिलेको काँग्रेस सीमाङ्कन र मधेसको समस्या समाधान गर्न कटिबद्ध रहेकाले मधेसी मोर्चाको आन्दोलनको औचित्य नरहेको बताए ।
काँग्रेस क्षेत्र नं ४ का क्षेत्रीय सभापति कन्हैयालाल कर्ण, जिल्ला अध्यक्ष रामसरोज यादव, पूर्वअध्यक्ष स्मृतिनारायण चौधरी, क्षेत्रीय सभापति परमेश्वर यादव, जोगी पञ्जियार, नगर सभापति मनोजकुमार साहलगायतले मधेसको समस्या समाधान गर्न अहिलेको सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण