जिप दुर्घटनामा चालक गम्भीर घाइते
शुक्रबार, १९ चैत २०७२, १९ : २४
चौतारा - सिन्धुपाल्चोकको बाडेगाउँ गाविसमा आज अपराह्न जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
गम्भीर घाइते जिप चालक राजन भुजेललाई उपचारका लागि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा लगिएको छ । अन्य चार जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्लाको बाहुनेपाटीबाट बाडेगाउँ गाविसतर्फ जाँदै गरेको बा१च ९९२१ नंको बलेरो जिप वडा नं ४ स्थित जङ्गलको उकालोमा पुगेपछि ‘ब्रेक फेल’ भई सडकबाट करिब एक मि तल खसेर रुखमा अड्किएको प्रहरीले जनाएको छ । घाइते सबै सोही गाविस निवासी भएको थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण