शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

गुडियामा चरेश लुकाएर विदेश पठाउने व्यक्ति पक्राउ

शुक्रबार, १९ चैत २०७२, १९ : ३३
शुक्रबार, १९ चैत २०७२

काठमाडौं – लागु औषध चरेशलाई साना साना टुक्रा बनाई बाल बालिकाले खेलाउने गुडिया भित्र लुकाई नेदरल्याण्ड पठाउन खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बुङताङ गाविस-८ स्थायी घर भई हाल काठमाडौं को नयाँबजार बस्ने श्रीजन भन्ने तुल बहादुर तामाङ रहेका छन् । ३७ वर्षीय तामाङलाई अपराध महाशाखाको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।

 तामाङ ३ वर्ष सिंगापुर बसेर नेपाल फर्केका थिए । नेपाल फर्केपछि २०७२ साल माघ महिनामा ठमेलमा १ जना जेन्सी भन्ने नेदरल्याण्डको नागरीकसँग परिचय भएको र उनीसँगै मिली लागु औषधको कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । तामाङले ठमेलको एरिन इन्टरप्राइजेजबाट नेदरल्याण्डका नागरीक पिटर ग्रुबरको नाममा कुरियर गरी पठाउन भनि उलन कपडाबाट निर्मित बिभिन्न गुडियाहरु छोडि गएका थिए । उक्त कम्पनीका संचालकलाई शंका लागी महानगरीय प्रहरी वृत्त लैनचौरका प्रहरीलाई खबर गरेपछी प्रहरीले चेकजाँच गर्ने क्रममा गुडिया भित्र लुकाई साना साना टुक्रा बनाई लुकाई राखेको अवस्थामा ३ केजी ५०० ग्राम लागु औषध चरेश फेला परेको थियो । तामाङ उक्त गुडियाहरु कुरियरमा छोडी फरार भएकोले उनको खोजी जारी रहेको बेला शुक्रबार पक्राउ गरी कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त लैनचौरमा पठाईएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप