शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लाहोर आक्रमणमा मारिनेको सङ्ख्या ७६ पुग्यो

शुक्रबार, १९ चैत २०७२, १९ : ५१
शुक्रबार, १९ चैत २०७२

लाहोर - पूर्वी पाकिस्तानी नगर लाहोरमा गत आइतबार भएको आत्मघाती आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ७६ पुगेको बताइएको छ ।

पाकिस्तानको पूर्वी भागमा रहेको लाहोर सहरमा रहेको एक सार्वजनिक पार्कमा सो आत्मघाती आक्रमण भएको थियो । यस हमलामा परी अरु करिब ३०० जना घाइते भएका थिए । आइतबार साँझ सार्वजनिक पार्कमा विदा मनाउन गएका बालबालिका र निर्दोष नागरिक गरी ७६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३०० भन्दाबढी घाइते भएको यस घटनाको जिम्मेवारी पाकिस्तानी तालिवानसँग सम्बन्धित एक आतङ्ककारी समूह जमात उल अहरारले लिएको थियो । सो आक्रमण आपूmहरुले गराएको सो समूहले आइतबारै अबेर राति जानकारी दिएका थियो । त्यस समूहले पाकिस्तानमा रहेका अल्पसङ्ख्यक क्रिश्चियन समुदायलाई लक्ष्य गरेर गरेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप