शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ऊर्जा, भौतिक पूर्वाधार क्षेत्रमा लगानी गर्न चीनसँग आग्रह

शुक्रबार, १९ चैत २०७२, २० : ०७
शुक्रबार, १९ चैत २०७२

काठमाडौँ -  एकीकृत नेकपा(माओवादी)का अध्यक्ष प्रचण्डले चाइना फारइस्ट इन्टरनेसनल ट्रेडिङ कर्पोरेसनका प्रतिनिधिमण्डलसँग भएको भेटघाटमा नेपालको ऊर्जा, भौतिक पूर्वाधार लगायत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा नेता प्रचण्डले चीनमा दुई देशबीच भएका सम्झौताको कार्यान्वयनका लागि चीन सरकारका तर्फबाट आएको कम्पनीका बारेमा उच्चस्तरीय राजनीतिक समन्वय समितिमा छलफल गरिने बताए । अध्यक्ष प्रचण्डले भने– “प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएको दुई देशबीच राम्रो सम्झौता भएको छ, मुख्य कुरा कार्यान्वयन हो, प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएका दुई देशका सहमतिको कार्यान्वयनका लागि आफूहरु आएको चिनियाँ प्रतिनिधिमण्डलले जानकारी गराएको थियो । कम्पनीका प्रतिनिधिले ऊर्जा, यातायात, रेल्वे, सूचना र सहर सुरक्षामा मुख्य रुपमा काम गर्ने बताए । कम्पनीका प्रतिनिधि सु को नेतृत्वमा आएको प्रतिनिधिमण्डलले दुई देशबीच भएको सम्झौतामा नेपाली कम्पनी र आफूहरुबीच सहमति भए आफूहरु तुरुन्तै काम थाल्न सक्ने जानकारी गराएको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप