झुटा विवरण पेस गर्ने दम्पती पक्राउ
चितवन– चितवन कुमरोज–८ की शान्ति ढुङ्गानाले आफ्नै श्रीमान् मरेको भनी झुटा विवरण पेस गरी कैद मिनाहाको प्रयास गरेको फेला पारेपछि ढुङ्गाना दम्पतीलाई नै प्रहरीले पक्राउ गरेको छ ।
ठगी मुद्दामा चितवन जिल्ला अदालतले दोषी ठह¥याएका आफ्ना श्रीमान् विष्णुप्रसादको जरिवाना र कैद मिनाहाका लागि उनले यस्तो हर्कत गरेको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । अदालतबाट २०६५ जेठ ३० गते फैसला भई रु नौ लाख २६ हजार जरिवाना र दुई वर्ष कैद सजाय पाएका विष्णुप्रसाद फरार रहँदै आएका थिए ।
विष्णुप्रसादकै सल्लाहमा शान्तिले गत वैशाखको भूकम्पमा काठमाडौँको सुन्धारामा परी श्रीमान्को मृत्यु भएको भन्ने झुटा व्यहोरा बनाई महराजगन्जस्थित शिक्षण अस्पतालबाट एउटा शवसमेत सनाखत गरी बुझी सदगत गरेको प्रहरीले जनाएको छ ।
शान्तिले गत फागुन ९ गते खैरहनी नगरपालिकाको कार्यालयमा श्रीमान्को मृत्यु दर्ता गराएको र सो सम्बन्धमा बुझ्दा विष्णुप्रसादको मृत्यु नभएको पाइएपछि प्रहरीले ढुङ्गाना दम्पतीलाई नै पक्राउ गरेको छ । दोषी ठहर उनीहरु बिहीबार काठमाडौँबाट पक्राउ परेका हुन् ।
विष्णुप्रसादलाई ठगी मुद्दामा थुनामा पठाइएको र श्रीमती शान्तिलाई झुटा व्यहोरा उल्लेख गरी मृत्यु दर्ता गरी सरकारी छाप दस्तखत किर्ते गरेको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण