खानेपानी बोक्न नै एक घण्टाभन्दा बढी लागेपछि स्थानीयवासी हैरान
जाजरकोट – यहाँको भेरीमालीका नगरपालिकाको जगतपुरमा खानेपानीको सहज पहुँच नहुँदा स्थानीयहरु हैरान भएका छन् ।
वर्षौंदेखि यहाँका तीन दर्जनभन्दा बढी स्थानीयहरु खानेपानीको हैरानी खेप्दै आएका हुन् । घरदेखि एक घण्टाभन्दा बढी समय खर्चेर लाईन बसी पानी ल्याउँदा निकै सास्ती भएको स्थानीय सन्देश आचार्यले बताए । गाउँदेखि खानेपानीको मुहान रहेको महतरागाउँ तल भएपछि स्थानीयहरु हैनानी खेप्नुपरेको हो । पानी ल्याउन जाँदा ओरालो पर्ने र आउँदा उकालो पर्दा पानी बोक्न कष्ट गर्नुपर्ने बाध्यता रहेको छ ।
पानी बोक्दा विद्यार्थीहरुको पढाई समेत छुट्ने गरेको छ । पानी बोक्ने समस्याले स्थानीयहरुको योजना बनाएको काम निर्धारित समयमा नसकिँदा थप मारमा परेको छ । यहाँका विद्यालयमा समेत खानेपानीको सहज आपूर्ति नहुँदा विद्यार्थीहरु, शिक्षकहरुलाई समेत अप्ठयारो भएको छ ।
पानी नहुँदा शौचालय प्रयोगमा समस्या आएको छ । पशुचौपायहरुलाई नै पानी बोकेर खुवाउँदा दैनिक एउटा मानिसको काम नै पानी बोक्ने ठिक्क हुने गरेको स्थानीयले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण