खेलकुद महासंघ गाविससम्म विस्तार गर्ने
उदयपुर – एकीकृत माओवादी निकट अनिल नेपाल खेलकुद महासंघको संगठन गाविससम्म पुर्याइने भएको छ । महासंघको शुक्रबार सम्पन्न १ नं. प्रदेश स्तरीय बैठकले सबै गाविस तथा नगरपालिकाहरुमा खेलकुदको संरचना निर्माण गरिसक्ने निर्णय गरेको हो ।
प्रदेशका संयोजक किरण राईको अध्यक्षतमा विराटनगरमा सम्पन्न बैठकले १० दिनभित्र सबै जिल्लामा कार्यालय संचालन गर्ने, एक महिनाभित्र गाविस तथा नगरस्तरीय संगठन निर्माण गरी दुई महिनामा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।
संयोजक राइका अनुसार आगामी असारभित्र प्रदेश सम्मेलन सुनसरीको इटहरीमा गर्ने जनाइएको छ । महासंघको प्रदेश सम्मेलन सम्पन्न गर्ने किरण राइको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
महासंघको सम्मेलन आयोजक समितिमा जसमा पुष्पलाल ढकाल झापा, रितेस श्रेष्ठ सुनसरी, राम संघर्ष किँराती सोलु, बाजेन्द्र राई भोजपुर, नयन श्रेष्ठ धनकुट्टा, द्वारिका रेग्मी मोरंग, दीपेन राई इलाम, दीपक थापा उदयपुर, गोविन्द पौडेल रहेका छन ।
त्यसैगरी महासंघले असारमा जिल्ला स्तरीय र प्रदेसमा स्तरीय पुरुष भलिबल प्रतियोगिताको साथमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण