शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भैरहवामा नयाँ वर्षमा विशेष कार्यक्रम हुँदै

शनिबार, २० चैत २०७२, १२ : ०३
शनिबार, २० चैत २०७२
भैरहवा–नयाँ वर्ष २०७३ को अवसरमा आरके ईभेन्टस एण्ड इन्टरटेन्टमेन्टले भैरहवामा विशेष साङगितीक कार्यक्रमको आयोजना गर्न लागेको छ । नेपाली समाजमा अंग्रेजी नयाँ वर्षको बढ्दो प्रभाव पारिरहेको अवस्थामा नेपाली नयाँ वर्षलाई पनि उत्तिकै महत्वकासाथ मनाउने उद्देश्य अनुरुप यहि चैत ३० गते होटल निर्भाणा भैरहवाको प्राङगणमा यस्तो साङगितीक कार्यक्रम गर्न लागिएको हो । ‘नेपाल अम्बुजा नयाँ वर्ष मस्ति र हर्ष २०७३’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको यस कार्यक्रममा चर्चित गायक प्रमोद खरेल, गायिका सोमिया बराइलीको साङगितिक प्रस्तुतिका साथमा नायिका तथा मोडल नम्रता सापकोटाको आकर्षक नृत्यका साथै स्थानिय डिजे आशाको डिजे प्रस्तुती रहने छ । कार्यक्रममा गीत, संगीत र नृत्यको आनन्दका साथै होटल निर्भाणाका खानाका विशेष परिकारहरुको स्वाद सहभागिले लिन पाउने होटलका प्रबन्धक कुन्दन बज्राचर्यले बताए । दैनिक व्यस्त व्यावसायिक जीवन अँगालेका स्थानीय व्यवसायी, उद्योगी, व्यापारी, कर्मचारी तथा सामाजिक प्रतिष्ठित व्यक्तिहरुलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था आरके. इभेन्टस एण्ड इन्टरटेन्टमेन्टका प्रमुख फनिन्द्र श्रेष्ठले बताए । नेपाल अम्बुजा सिमेन्टको मुख्य प्रायोजन तथा टुबोर्ग बियर तथा सर्बो लुब्रिकेन्टको सह–प्रायोजन रहेको यस कार्यक्रमलाई सिग्नेचर प्रिमियम हुस्की, रोयल पेन्ट, रेडबुल इनर्जी ड्रिङ्क, पेप्सी तथा रियल जुसले साथ दिएका छन् । इमेज टेलिभिजन, नयाँ पत्रिका, ईमेजखबर डटकम, तथा सिद्धार्थ एफएम अफिसियल मिडिया रहेको यस कार्यक्रममा होटल निभार्णा अफिसियल होटलका रुपमा रहेको छ भने ग्लोबल मिडिया सोलुसन प्रर्वद्धन पार्टनर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप