रोमाञ्चक मोडमा प्रिमियर लिग : के लिसेस्टरले उपाधि जित्ला ?
काठमाडौं – केही समयको अन्तर्राष्टिय ब्रेकपछि यसै साताबाट इंग्लिस प्रिमियर लिग सुरु हुनेछ । लिगमा आफ्नो अन्तिम ७ खेल खेल्न बाँकी छँदा लिसेस्टर सिटी ५ अंकको अग्रतासहित शीर्ष स्थानमा छ । लिसेस्टरलाई उपाधि होडमा चुनौती दिइरहेका टोलीमध्ये टोटेनह्याम ५ अंकले पछि छ । त्यस्तै आर्सनल एक खेल खेल्न बाँकी रहेको अवस्थामा लिसेस्टरभन्दा ११ अंकले पछि छ । चौथो स्थानमा ५१ अंकसहित म्यानचेस्टर सिटी छ । तर वेस्टह्याम, म्यानचेस्टर युनाइटेड लगायतका टोलीहरुले शीर्ष चारभित्र पर्न सिटीलाई चुनौति दिइरहेका छन् । अन्तिम ७ खेल बाँकी छदाँसम्म उपाधि जित्ने टोलीको अनुमान लगाउन सकिने अवस्था छ , न शीर्ष चारमा पर्ने न त पुछारेमा परेर रेलिगेसनमा झर्ने टोलीको नै । के लिसेस्टरले जित्ला उपाधि ? आधूनिक फुटबलमा लिसेस्टरको यात्रालाई चमत्कार नै मानिएको छ । सिजनको सुरुआतमा रेलिगेसनबाट बच्ने उद्धेश्य बोकेको लिसेस्टरले अन्तत ठूला क्लबहरुलाई चुनौति दिएर उपाधि जित्ने संभावना बलियो बनाएको छ । आइतबार साउथह्याम्पटनको सामना गर्दा लिसेस्टरले जित निकाल्दै उपाधि संभावना थप मजबुत बनाउने प्रयास गर्नेछ । जेमी भार्डी र डयाम डिंकवाटर राम्रो लयमा छन् । उनीहरुले यसै साता इंग्ल्याण्डका लागि समेत राम्रो खेले । क्लाउयिो रेनिएरीको प्रशिक्षणमा रहेको लिसेस्टरले अब बाँकी खेलमा तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी पाउनेछ ।
लिसेस्टरलाई चुनौती दिने टोटेनह्याम मात्रै ? गणितिय रुपमा उपाधि जित्ने संभावना थुप्रै टोलीको छ । तर व्यवहारिक हिसाबले हेर्ने हो भने अब लिसेस्टरलाई चुनौती दिनसक्ने एकमात्रै टोली टोटेनह्याम हो । शनिबार राती लिभरपुलबिरुद्ध जीत निकाल्न सके टोटनह्यामले लिसेस्टरसँगको अकंदूरि २ अंकमा झार्नेछ । यो जीतले अको दिन साउथह्यापटनसँग खेल्ने लिसेस्टरलाई दबाबमा पार्नेछ । यस सिजन टोटेनह्यामले उत्कृष्ट खेलेको छ र अन्त्यतिर आइपुग्दा टोटेनह्यामलाई एउटा फाइदा के छ भने उसले अधिकांश खेल लिसेस्टरभन्दा अगाडी खेल्नेछ । त्यसकारण टोटेनह्यामले निरन्तर जित निकाल्न सके लिसेस्टर दबाबमा पर्नसक्छ । टोटेनह्यामका ह्यारी केन, डेली अली र इरिक डियरले यस सिजन राम्रो खेलेका छन् । के सिटी पेप गार्डीओलाका लागि च्याम्पियन्स लिगमा छनोट होला ? बार्सीलोनालाई दुईपटक च्याम्पियन्स लिग जिताएका पेप गार्डीओला आगामी सिजन जर्मन क्लब बार्यन म्युनिख छाडेर म्यानचेस्टर सिटी आउने सम्झौता भइसकेको छ । तर, दुग्भार्य यसै सिजन सिटीले च्याम्पियन्स लिगमा छनौट हुन ठूलै संघर्ष गर्नुने देखिएको छ । म्यानचेष्टर युनाइटेडसँग पछिल्लो समय पराजित भएपछि सिटी पाँचौ स्थानमा रहेको वेस्टह्याम र छैटौ स्थानको म्यानचेस्टरभन्दा केवल १ अंकले अघि छ । पछिल्लो समय सिटी कमजोर देखिएका कारण पनि दबाबमा छ । के वेस्टह्याम च्याम्पियन्स लिगमा छनोट हुन्छ ? सिटीले च्याम्पियन्स लिगमा छनोट हुन संघर्ष गरिरहदाँ वेस्टह्याम शीर्ष चारको अर्को दाबेदार बनेको छ । अहिले यो टोली सिटीभन्दा एक अंकले पछाडी छ र लिग तालिकाको पाँचौ स्थानमा छ । यस सिजन डिमीटी पायटले उत्कृष्ट खेलेका छन् र उनले अन्तर्राष्टिय खेलमा फ्रान्सका लागि पनि राम्रो खेले । भान गाालले जागिर जोगाउलान् ? सिटी विरुद्ध जीत निकालेपछि लुईस भान गालमाथिको दबाब केही कम भएको छ । तर अझै उनले म्यानचेस्टर युनाइटेड छाड्नुपर्ने अवस्था आउन सक्छ । आफ्नो जागिर जोगाउने हो भने उनले म्यानचेस्टरलाई कम्तिमा पनि एफए कप जिताएर लिगको शीर्ष चारभित्र पार्नुपने हुन्छ । अहिले म्यानचेस्टर अंकतालिकाको छैटौ स्थानमा छ । तर अभैm बिग्रिएको केही छैन् किनकी चौथो स्थानको सिटी म्यानचेस्टरभन्दा एक अंकले अघि छ भने पाँचौ स्थानको वेस्टह्याम र म्यानचेस्टरको समान अंक छ । गोलअन्तर वेस्टह्याम म्यानचेस्टरभन्दा अगाडी छ । म्यानचेस्टरले लिगमा आफू समान अंक बोकेको वेस्टह्याम विरुद्ध एफए कपको फाइनल खेल्नेछ । त्यस्तै लिगअन्तर्गत आइतबार एर्भटन तथा त्यसपछि टोटेनह्यामको सामना गर्नेछ । के लिभरपुल च्याम्पियन्स लिगमा छनोट हुनसक्ला ? लिभरपुलले पछिल्ला तीन खेल निरन्तर जित्यो । एस्टन भिल्ला, म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसलाई हराएको लिभरपुलको च्याम्पियन्स लिगमा छनोट हुने आशा समाप्त भइसकेको छैन् । लिभरपुल अहिले ४४ अंकसहित लिगको नवौँ स्थानमा छ । तर उसले म्यानचेष्टरभन्दा एक खेल कम खेलेको छ । त्यसैले आशा जिवित छ । त्यसका लागि लिभरपुलले आगामी खेलमा उपाधिको दाबेदार टोटेनह्यामलाई स्तब्ध पार्नुपर्ने हुन्छ । के एस्टन भिल्ला रेलिगेसनबाट जोगिएला ? यस सिजन एस्टन भिल्लाका लागि पिडादायि रह्यो । एस्टन भिल्ला अहिले १६ अंकसहित लिगको पुछारमा छ । रेलिगेसनबाट जोगिन भिल्लालाई कम्तिमा १२ अंक चाहिन्छ । उसले लिगमा केवल ७ खेल खेल्न बाँकी छ । भिल्लाले शनिबार चेल्सीको सामना गर्दा जीत हासिल गर्दै रेलिगेसनबाट उम्कने प्रयास गर्नेछ । को को पर्नसक्छ रेलिगेशनमा ? एस्टन भिल्लाबाहेक सन्डरल्याण्ड र न्यूक्यासल युनाइटेड रेलिगेन पर्नसक्ने अन्य टोली हुन् । यसबाहेक नरविच र क्रिस्टल प्यालेस पनि पनि ढुक्क हुनसक्ने अवस्थामा छैनन् । कोे को आउनेछन् अर्को सिजन ? प्रिमियर लिगमा बढुवा हुनका लागि दोस्रो डिभिजनको लिगमा खेलिरहेका टोलीमध्ये बर्नली ४ अंकको अग्रतामा छ । त्यस्तै ब्रिगटन,मिडल्सब्रो, हल सिटीको संभावना पनि बलियो छ । डर्बी, सेफिल्ड वाइनस्डे, कार्डिफ, इप्सविच लगायतको पनि संभावना कायम छ । कसले जित्ला गोल्डेन बुट ? यसपटक गोल्डेन बुट जित्ने दौडमा ह्यारी केन २१ गोलसहित अगाडी छन् । टोटेनह्यामका केनलाई लिसेस्टरका जेमी भार्डीले १९ गोलसहित पछ्याइरहेका छन् । त्यस्तै एर्भटनका रोमिलू लुकाकूले १८ गोल गरेका छन् भने लिसेस्टरकै रियाद महरेजले मिडफिल्डमा खेलेर १६ गोल गरेका छन् ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण