चर्चित सिरियल 'बालिका बधु'की नायिकाको निधन, धेरैले ठाने अप्रिल फुल
मुम्बाई – चर्चित भारतीय सिरियल ‘बालिका बधु’ की ‘आनन्दी’ अथात् प्रत्युषा बेनर्जी शुक्रबार आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिइन् । धेरैले यसलाई आत्महत्या भने पनि प्रहरीले यो हत्या हुनसक्ने भन्दै अनुसन्धान गरिरहेको छ । जब शुक्रबार उनको मृत्युको खबर फैलियो धेरैले यसलाई अप्रिल फुल माने । सामाजिक सञ्जालमा त यो समाचार अप्रिल फुल भनेर ट्रेन्ड नै चल्यो । तर, त्यो कुनै मजाक नभएर सत्यता थियो । प्रत्युसाले शुक्रबार साँझ ४ देखि ५ बजेको बीचमा अत्महत्या गरेको बताइएको छ । घटनाको १२ घण्टापछि प्रहरीले प्रत्युषाको प्रेमी राहुल राज सिंहलई बयानका लागि बोलाएको छ । प्रत्युषाको मुत्युपछि अस्पतालमा उनी गायब रहेका कारण धेरैले उनीमाथि प्रश्न सोझ्याएका थिए । ‘म निकै डराएको थिए । त्यही भएर प्रहरीलाई खबर गरिन,’ उनले भनेका छन् । राहुलका अनुसार पछिल्लो समय उनी डिप्रेसनमा रहेको र केही समयअघि दुवैबीच झगडा हुँदा कुदिरहेको कारबाट हामफाल्न समेत खोजेकी थिइन् ।
के छ राहुलको बयानमा ? हामी दुई बेडरुमको फ्लयाटमा बस्थ्यौं । हामीसँग दुईवटा चाबी थियो । एउटा मसँग र अर्को प्रत्युषासँग । जब म बेडरुम पेसे, मैले प्रत्युषालाई पंखामा झुण्डिरहेको देखें । म निकै डराए । त्यसपछि छिमेकीलाई बोलाएर कोकिलाबेन अस्पतालमा लगौं । मलाई लागेको थियो, उनी जिउँदै थिइन् । तर उनको मृत्यु भइसकेको रहेको रहेछ । मलाई निकै डर लागेको थियो । मैले प्रहरीलाई खबर गरिन । अस्पतालमा अरुले नै प्रहरीलाई खबर गर्यो ।
एक दिनअघि पनि भएको थियो झगडा भारतीय मिडियाका अनुसार घटना हुनभन्दा एक दिनअघि दुवैबीच झगडा भएको बताइएको छ । प्रत्युषालाई उनको प्रेमीको अर्को अफेयर रहेको शंका थियो । जुन कारणले उनीहरुबीच झगडा भएको थियो । मोबाइलमा दुईबीच झगडा भएको मेसेज प्रत्युषाको फोनमा रहेको कारण राहुलले प्रत्युषाको फोन लिएर प्रहरी आउनअघि अस्पतालबाट भागे । अस्पतालमा पुगेका अन्य सेलिब्रेटी एजाज खान र सारा खानले राहुलमाथि प्रश्न उठाए । उनीहरुका अनुसार अस्पतालमा राहुल नहुनु र यसअघि आफूहरुसँग भेट्दा प्रत्युषा निकै डराएको देखिनुले राहुलमाथि औंला सोझिएको उनीहरुले आरोप लगाएका छन् । प्रत्युषा एक महिनादेखि डिप्रेसनमा थिइन् । उनले विक्रम भट्टको चलचित्र गर्ने भनेर बालिका बधु छाडेकी थिइन् तर त्यो चलचित्र शुरु हुन सकिरहेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण