संविधानमा नब्बे प्रतिशतको जनमत कहीँ छैन : नेम्बाङ
काठमाडौँ– पूर्वसभामुख सुवास नेम्बाङले नेपालको संविधान विश्वकै समावेशी र उत्कृष्ट भएको बताएका छन् ।
यहाँ आज थारु पत्रकार सङ्घको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेपालको संविधान विश्वमै उदाहरणीय बनेको बताउँदै संविधानसभाका सबै समिति समावेशी भएकाले समावेशी संविधानसभाले समावेशी संविधान बनाएको जिकिर गरे । उनले भने– “विश्वमा ९० प्रतिशत जनता सहभागी भएर आफ्ना लागि संविधान बनाएको इतिहास कुनै मुलुकमा छैन, त्यो हामीले गरेर देखाएका हौँ ।”
नयाँ संविधानमा कसैको चित्त नबुझेको भए त्यसलाई शान्तिपूर्ण छलफल गरी टुङ्गोमा पुग्न सकिने भएकाले आन्दोलनरत समूहलाई छलफलमा आउन एमाले संसदीय दलका उपनेता नेम्बाङले आग्रह गरे ।
लामो छलफल र समय लगाएर नेपालीले आफ्ना लागि आफैँ बनाएको संविधानले सबै जातजाति ,वर्ग, समुदाय, पिछडा वर्ग र लैङ्गिक समावेशिताले पूर्ण संविधान बनेकाले सबैको ध्यान यसको कार्यान्वयनमा हुनुपर्ने उनको भनाइ थियो । उनले भने– “संविधान राम्रो बनेको छ, चित्त नबुझेका कुरामा छलफल गरी संशोधन गर्न सकिन्छ त्यसैले अबको चुनौती भनेको कार्यान्वयन हो, यसका लागि सबैको सहयोग चाहिन्छ ।”
सो अवसरमा सङ्घका पूर्वअध्यक्ष तथा पत्रकार लक्की चौधरीले लेखेको ‘थारु भाषाको हसौनी ९चुट्किला०’ सङ्ग्रह पनि सभामुख नेम्वाङले विमोचन गर्दै उनले विभिन्न जातजातिका वेशभूषाले नेपालको विश्वमै अलग पहिचान भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण