हाम्रो सदासयतालाई उपयोग गरि माग सम्बोधन नगरिए अबको आन्दोलन कठोर हुने : ठाकुर
राजविराज – सरकारले शान्तिपूर्ण आन्दोलनलाई सुनुवाई नगरी ठूलो भुल गरिहेको भन्दै चैतसम्म माग सम्वोधन नभए वैशाखदेखि कडा आन्दोलन हुने तराई मधेश लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुरले चेतावनी दिएका छन् ।
राजविराजमा शनिवार वसेको पार्टीको केन्द्रिय समिति (झापादेखि महोत्तरीसम्म) को वैठकबाट गरिएको ९ बुँदे निर्णयबारे जानकारी गराउनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने यस्तो चेतावनी दिएका हुन् ।
उनले आमहड्ताल र नाका केन्द्रित आन्दोलन मात्र हाल स्थगित गरिए पनि आन्दोलनका अन्य कार्यक्रम भने जारी नै रहेको स्पष्ट पार्दै हाम्रो सदासयतालाई उपयोग गरी ११ बुँदे माग सम्बोधन नगरिए अबको आन्दोलन कठोर हुने चेतावनी पनि दिए ।
पत्रकार सम्मेलनमा तमलोपाका महासचिव सर्वेन्दनाथ शुक्लाले बैठकले गरेको ९ बुँदे निर्णय वारे विस्तृत जानकारी गराएका थिए । बैठकले मोर्चाकाले अघि सारेका मागप्रति सरकारले देखाएको उदासिनताले देश पुनः मुठभेडतर्फ जाने चिन्ता व्यक्त गरेका थिए । वैठकले आन्दोलनका क्रममा शहिद र घाईते परिवारलाई सहयोग गर्न पार्टीकोतर्फबाट अभियान चलाउने निर्णय गर्नुका साथै आन्दोलनबाट प्रभावित हुन पुगेको राजस्व असुली, बैंक ब्याज, शिक्षण शुल्क, विद्युत महशुल तथा जरिवाना मिनाहा गर्न जोडदार माग गरेको छ ।
बैठकले आन्दोलनलाई एकिकृत र अझ ससक्त बनाउन मोर्चाको विस्तार स्वागतयोग्य भएको निश्कर्षसहित भावी दिनमा संघीयता पक्षधर अन्य शक्तिहरुलाई एकीकृत गर्न थप प्रयास जारी राख्ने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ उपाध्यक्ष हृदेयस त्रिपाठि, उपाध्यक्ष वृषेशचन्द्र लाल, महामन्त्री जितेन्द्र सोनल, महासचिव सर्वेन्द्रनाथ शुक्लाका साथै केन्द्रिय सदस्य तथा मधेशका जिल्लाका सम्पुर्ण अध्यक्षहरुको सहभागीता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
-
राष्ट्रिय युवा परिषद्को वार्षिक कार्यक्रम प्रभावकारी बनाउन मन्त्री यादवको निर्देशन
-
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण