ध्वाँसे चितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ
तनहुँ - तनहुँको आँबुखैरेनीबाट ध्वाँसे चितुवाको तीन थान थान छाला र हड्डी सहित दुई जना पक्राउ परेका छन् । आँबुखैरेनी गाँउपालिका ४ बाट उनीहरु पक्राउ परेका हुन् ।
पृथ्वीराजमार्ग सडक खण्ड अनतर्गत मुग्लिङ पुल नजिकै उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र इलाका प्रहरी कार्यालय आँबुखैरेनीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।
बा १५ च ७४५६ नम्बरको स्कोरपियो गाडीलाई रोकेर खानतलासी लिने क्रममा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका २ का ३५ वर्षीय इटबहादुर घले र गाडी चालक नुवाकोट सुनखानी गाउँपालिका ३ का २८ वर्षीय भीमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षकउमेश राज जोशीले जानकारी दिए ।
उक्त गाडीसहित कालो रंगको सुटकेश भित्र लुकाई ३ थान ध्वाँसे चितुवाको छाला र ५ किलो ५ सय ५० ग्राम हड्डीसमेत प्रहरीले बरामद गरेको छ।
उनीहरुलाई थप अनुसन्धानका तथा कारवाहीका लागि जिल्ला वन कार्यालय तनहुँलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख उमेशराज जोशीले रातोपाटीलाई जानकारी दिए ।
दमौलीमा लागु औषधसहित युवक पक्राउ
तनहुँको ब्यास नगरपालिका वडा नं ४ दमौली स्थितमा गत पुस ३० गते दिउसो शंकास्पद रुपमा भेटीएका एक युवक लाई नियन्त्रणम लिइ खानतलासी गर्दा लागू औषध फेला परेको छ ।
ब्यास नगरपालिका वडा नं ६ स्थायी घर भइ अहिले ब्यास नगरपालिका वडा नं २ बस्ने बर्ष २९ का कुमान सिंह बिकलाई नियन्त्रणमा लिई शरिर तलासी लिदा उनको साथबाट लागु औषध डाईजेपाम ८, फेनरागन ८ र नुफिन ८ थान फेला परेकोले जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाँसिरहेका प्रहरी महानिरीक्षकलाई जब प्रभातले रुवाए...
-
आफ्नो भारत भ्रमण र बालेनको विवादित अभिव्यक्तिबारे यस्तो छ परराष्ट्रमन्त्रीको प्रष्टीकरण (पूर्णपाठ)
-
संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरेको कारुणिक दृश्य देखिरहेको छु : भीष्मराज आङ्देम्बे
-
‘औषधिको गुणस्तरमा भिन्नता छैन’
-
भारतबाट ५० हजार मेट्रिक टन मल आउने निश्चित, खरिद प्रक्रिया अन्तिम चरणमा
-
बालेनको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीको स्पष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण