यस्ता हुन्छन् गर्भावस्थाका प्रारम्भिक लक्षण

कतिपय आमाले आफूमा गर्भ रहेको कुरा थाहा पाउन लामो समय कुर्नुपर्छ । हुन त जाँच गराउँदा यसबारे थाहा लाग्छ । तर, कस्तो लक्षणपछि जाँच गराउने त ? यसबारे पनि धेरै अनभिज्ञ हुन्छन् । सामान्यतया महिनावारी रोकिएपछि गर्भ रहेको थाहा लाग्छ । तर, गर्भावस्थाको लक्षण यतिमा मात्र सीमित छैन । यसका सुरुवाती लक्षण थुप्रै छन् । यी लक्षणबाट तपाईंंले थाहा पाउन सक्नुहुन्छ कि आफूमा गर्भ छ भनेर :
प्रियंका बिके
स्टाफ नर्स, डडेल्धुरा उपक्षेत्रीय अस्पताल
श्वासप्रश्वासमा बाधा : श्वासप्रश्वासमा बाधा उत्पन्न भएको छ वा वेलावेला सिरिङसिरिङ हुन्छ भने पनि यो गर्भावस्थाको प्रारम्भिक लक्षण हो । पेटमा भएकोे भ्रुणलाई अक्सिजनको आवश्यकता पर्छ, जुन आमाबाट लिने गर्छ । यसले गर्दा श्वासप्रश्वासमा बाधा उत्पन्न हुन थाल्छ । यस्तो समस्या गर्भावस्थाको पूरै अवधिसम्म हुन्छ ।
स्तनमा भारीपना : यदि तपाईंंले बिहान उठ्दा आफ्नो स्तन गहु्रँगो भएको महसुस गर्नुभएको छ या स्तनको आकार बढेको अनुभूति गर्नुहुन्छ भने तपाईंको पेटमा भ्रुण हुर्कंदै गरेको हुन सक्छ । गर्भावस्थाको समय निप्पलमा कालोपन आउनुका साथै वा स्तनको नसा फुल्न थाल्छ । आरामदायी ब्राको प्रयोगले भने केही सहज बनाउँछ ।
थकाइ : गर्भावस्थामा प्रवेश गरेपछि शरीरमा हर्मोन परिवर्तन हुन थाल्छ, जसले गर्दा आमालाई थकाइको महसुस हुन्छ । कतिपय त गर्भावस्थाको तीन महिनासम्म अत्यधिक थकित देखिन्छन् । भ्रुणको परिपक्वतासँगै यस्तो समस्या पनि बढ्दै जान्छ ।
पटक–पटक पिसाब : गर्भावस्थाको सुरुवाती दिनमा पटक–पटक पिसाब लाग्ने गर्छ । किनभने यस्तो वेला शरीरमा अतिरिक्त तरल पदार्थको उत्पादन हुन्छ । जसले मूत्राशयमा दबाब सिर्जना गर्छ । त्यसैले पटक–पटक ट्वाइलेट जानुपर्ने हुन्छ ।
टाउको दुखाइ : गर्भावस्थाको प्रारम्भिक लक्षण भनेको टाउको दुखाइ पनि हो । यसको कारण पनि शरीरमा हुने हर्मोनको परिवर्तन नै हो । यदि तपाईं गर्भवती भएको कुरामा निर्धक्क हुनुभयो भने दुखाइको कमीका लागि ब्रुफिनजस्ता सुरक्षित औषधिको प्रयोग गर्न पनि सक्नुहुन्छ ।
कम्मर दुखाइ : यदि पहिला कहिल्यै पनि कम्मर दुखाइको समस्या थिएन र अहिले आएर हल्का दुखाइको अनुभूति गर्दै हुनुहुन्छ भने बुझ्नुस्, यो गर्भावस्थाको लाक्षण हो । यस्तो वेला आमाको लिगामेन्ट झोलिन थाल्छ । अनि कम्मरको आकार पनि केही मात्रामा बढेको भान हुन्छ ।
खानामा अरुचि : तपाईं गर्भवती अवस्थामा प्रवेश गर्दै हुनुहुन्छ भने अचानक अमिलो बढी मन पर्न थाल्छ र नियमित खानामा रुचि घट्दै जान्छ । यस्तो वेला चटपटे खालका र बाहिरी खानाहरू मन पर्न थाल्छ । भात, तरकारी, रोटीजस्ता नियमति खानामा त्यति रुचि जाग्दैन । यसको कारण पनि शरीरमा आउने हर्मोनको परिवर्तन नै हो ।
कब्जियत : नियमित प्रयोग गर्ने कपडा साँघुरो लाग्न थाल्दै छ या पेट फुलेको र दुखेको अनुभूति भइरहेको छ भने तपाईंको पेटमा बच्चा हुर्कंदै गरेको पनि हुन सक्छ । पेटमा हुर्कंदै गरेको भ्रुणका कारण पाचन प्रक्रियामा पनि असर पुग्छ र कब्जियतको समस्यासमेत हुन थाल्छ ।
मुड परिवर्तन : यस्तो वेला तपाईंको सोचमा व्यापक परिवर्तन आउँछ र छोटो–छोटो समयमा फरक–फरक काम गर्न मन लाग्छ । परिवर्तित मुडको प्रतिक्रिया तपाईंले आफ्नो श्रीमान्बाट पनि पाउन सक्नुहुन्छ । किनभने, गर्भावस्थामा आमाको मुड परिवर्तन हुन्छ ।
सुँघ्ने क्षमता : गर्भावस्थाको अवधिमा सुँघ्ने क्षमता पनि बढ्दै जान्छ । कुनै कुराको गन्ध सबैभन्दा छिटो थाहा पाइने हुन्छ । त्यसैले यस्तो वेला बढी फोहोर र गन्ध आउने ठाउँमा पनि पुग्नु हुँदैन । यस्तो वेला कडा गन्धले भ्रुणलाई असर पार्न सक्छ ।
महिनावारीमा ढिलाइ : गर्भावस्थाको प्रारम्भिक लक्षणमध्येको एक हो, महिनावारीमा ढिलाइ । प्रायजसोमा गर्भ रहनेबित्तिकै महिनावारी रोकिने गर्छ । महिनावारी हुन्छ तर निकै ढिला गरी हुन्छ भने पनि तपाईंले प्रिग्नेन्सी जाँच गराइहाल्नुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आपराधिक विश्वासघात गरी ठगी गर्ने पक्राउ, यसरी गरेका थिए ठगी
-
सरकारसँग किन रिसायो कांग्रेस ?
-
न्याय परिषद् नियमावली संशोधनविरूद्धको रिटमा सर्वोच्चले मगायो पुरानो मुद्दाको मिसिल
-
‘अपरेसन सिन्दूर’ बारे भारतीय विदेश सचिवले के भने ?
-
एसियन थाई फुड्सले ४० करोड लगानीमा कपिलवस्तुमा खोल्यो चाउचाउ उद्योग
-
पाकिस्तानमा भारतको आक्रमणबारे चीनले के भन्यो ?