एसियन थाई फुड्सले ४० करोड लगानीमा कपिलवस्तुमा खोल्यो चाउचाउ उद्योग
बुटवल । एसियन थाई फुड्स प्रालिले कपिलवस्तु नगरपालिका–६ गोबरीमा उद्योग सञ्चालनमा ल्याएको छ ।
मोरङमा दुई दशक अघि सञ्चालनमा आएको उसले दोस्रो शाखाका रूपमा कपिलवस्तुमा उद्योग स्थापना गरेको हो । उद्योगमा 'प्रीति', 'टुपीएम', 'रमपम'लगायत चाउचाउ उत्पादन सुरु गरेको छ ।
अढाई बिघा क्षेत्रफलमा स्थापना गरेको उद्योगमा सुरुमा चाउचाउ र पछि अन्य उत्पादन गरिने जनाइएको छ ।
प्रालिका प्रबन्धक महेश जाजुले उद्योगमा उत्पादन भएका चाउचाउ ३० बढी देशमा निर्यातसमेत हुने गरेको बताए । अन्य स्नयाक र मसला उत्पादन गर्ने मेसिनसमेत उद्योगमा रहेकाले ६ महिनापछि उत्पादन गर्ने उनले जानकारी दिए ।
'यहाँ उत्पादन गरेको चाउचाउ देशभर नै पुर्याउने लक्ष्य छ,' उनले भने, 'अहिले कपिलवस्तुको उद्योगमा २ सय ५० जनालाई रोजगारी प्रदान गरिको उनले बताए ।
यहाँबाट अन्यत्र लैजान र देशको मध्य भागमा पनि पर्ने र सडक सुविधा पनि भएकाले वितरणमा सहज हुने उनको भनाइ छ । उद्योगमा अहिले ४० करोड लगानी भएको बताएका उनले चालु पुँजीमा थप २० करोड रकम आवश्यक पर्ने पनि खुलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण