आपराधिक विश्वासघात गरी ठगी गर्ने पक्राउ, यसरी गरेका थिए ठगी
काठमाडौँ । आपराधिक विश्वासघात गरी ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ३ का सन्तोष अधिकारी रहेका छन् ।
बुधबार अधिकारीलाई नियन्त्रणमा लिई आपराधिक विश्वासघात गरी ठगी कसुरमा मुद्धा दर्ता भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी वेद प्रकाश जोशीले बताए ।
अधिकारीले आपराधिक विश्वासघात गरी यसरी गरेका थिए ठगी
मोरङको केराबारी गाउँपालिका वडा नम्बर ९ देवीझोडाका ३७ वर्षिय नईन्द्र विश्वकर्मा २०८० सालमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारका लागि बहराइन गएका थिए । उनी विरामी भएपछि स्वदेश फर्किएर उपचारकै क्रममा मृत्यु भएको थियो ।
हकदारले प्राप्त गर्ने वैदेशिक रोजगार म्यादी बीमा बापतको रकम १३ लाख रुपैयाँ लिन सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी, शाखा कार्यालय बिराटनगरमा जाँदा कम्पनीका मेनेजर अधिकारीले बीमा सम्बन्धी ज्ञान नभएका दाबीकर्ता मृतकको श्रीमती भिम कुमारी विश्कर्मालाई बीमा भुक्तानको लागि तयार गरेको विभिन्न कागजातहरुमा सहीछाप गर्न लगाएर उक्त रकममध्ये ५ लाख ७६हजार मात्र प्राप्त हुने जानकारी गराएका थिए ।
अधिकारीले आफुखुसी भिम कुमारी विश्वकर्माको नाममा १५ वर्ष अवधिको वार्षिक ७० हजार निजका भदा नाताका प्रतिक विश्वकर्मा र मृतकको जेठी श्रीमती मिरा विश्वकर्माको नाममा क्रमशः वाषिक ५१ हजार र ७० हजार तिर्नु पर्नेगरी बीमा गराई आर्थिक भार श्रृजना गराएका थिए ।
अधिकारीले भिम कुमारी विश्वकर्माको नाममा खोलाएको ग्लोबल आई.एम.ई बैंक लि.मा १५ वर्ष अवधिको मुद्दती बचतमा ६ लाख ४४ हजार १ सय ७८ राखिदिने कार्य गरेको पाईएकोले झुक्यानमा पारेर विश्वासघात गरी ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाबाट जलेश्वर जलमग्न
-
हात्तिसुँडे–शिखरपुर–अम्वास सडक 'प्रदेश प्राथमिकता प्राप्त आयोजना' मा छनोट
-
एक चीन नीतिमा नेपाल दृढ छ : परराष्ट्र मन्त्रालय
-
असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने
-
महानगर प्रहरीले ‘ह्विल लक’ गर्ने, सवारी उठाउने नियम छ ?
-
‘असारे विकास’को लहरमा लुम्बिनीको बजेट खर्च ६७.१८ प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण