नवराज सिलवाल खोज्न भट्टेडाँडामा पुलिसको फौज !
काठमाडौँ । एमाले सांसद एवं पूर्व डिआईजी नवराज सिलवाललाई सर्च गर्न महानगरीय प्रहरी कार्यालयले आईतबार बिहानै ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ । आईतबार बिहान सिलवाललाई सर्च गर्न डिएसपी नहकुल पोखरेलको कमाण्डमा १६५ जनाको प्रहरी फौज भट्टेडाँडा पुगेको बताइएको छ ।
सिलवाललाई खोज्न प्रहरी टोली भट्टेडाँडा पुगेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) गणेश ऐरले भने, ‘सर्च गर्न पठाएका थियौं, तर फेला नपरेपछि टोली फर्किसकेको छ ।’
शनिवार एक अनलाईनलाई भाईबर मार्फत् अन्तर्वार्ता दिएका सिलवालले आफु भट्टेडाँडामा प्रहरीहरुसँगै रहेको अभिव्यक्ति दिएका थिए ।
आईतबार बिहान महानगरीय प्रहरी कार्यालयका डिएसपी पोखरेलको कमाण्डमा १५० जनाको फौज भट्टेडाँडा पुगेको थियो । त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरले थप १५ जनाको सपोर्ट फोर्स पठाएको एसएसपी ऐरले जानकारी दिए । सिलवाल भट्टेडाँडामा फेला नपरेपछि जम्बो संख्यामा पुगेको प्रहरी टोली फिर्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण