आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीपहिरोले कहाँ-कहाँ के-के गर्यो ?

मङ्गलबार, ११ साउन २०७३, १४ : ३०
मङ्गलबार, ११ साउन २०७३

बागमती लगायत ५ नदीमा खतराको घण्टी : तराईका जिल्लामा सचेत रहन आग्रह

काठमाडौं – हिजोदेखि परिरहेको अविरल वर्षाका कारण देशका ५ वटा नदी जलाधारमा खतराको तहभन्दा माथि रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाले त्यस क्षेत्रका जनतालाई सचेत रहन आग्रह गरेको छ ।

आज बिहान चार बजे सूचना जारी गर्दै बाढी पूर्वानुमान शाखाले कन्काई, भोटेकोसी र बागमती नदीको जलाधारले बिहान ४ बजेदेखि चेतावनी तह पार गरेको जानकारी दिएको छ । शाखाले दुई नदी सँगै तनाउ र कर्णाली नदीमा बढी खतरा रहेको जानकारी दिएको छ ।

यसबाहेक, नारायणी नदी र यसको शाखा नदीहरु, मुख्य सेती, कालीगण्डकी, बिनय खोला, अरुण खोला र आसपासका अन्य खोलाहरु, तिनाउ, पश्चिम राप्ति, बबइ, भेरी, कर्णाली, मोहना र ती नदीहरुका संगैका अन्य नदीनालाहरुमा समेत बिहान देखि बेलुकी सम्मनै बाढी चेतावनी तह भन्दा माथि पुग्ने भविष्यबाणी गरिएको छ ।

शाखाले उल्लेखीत नदी-नालाहरुको तटीय क्षेत्रमा, विशेष गरी तराईका जिल्लाहरुमा बसोबास गर्ने सर्वसाधारण र सरोकारवालालाई आज दिनभर उच्च सतर्कता अपनार्इ नजिकको उच्च भूभागमा बस्न आग्रह गरेको छ ।

‘उल्लेखित नदी जलाधारका पहाडी क्षेत्रमा बसोबास गर्ने भिरालो जमिनमा संभावित पहिरो वा स्थानीय खोला–नालामा बाढीको संभावना बढेकोले उच्च सतकाता अपनाउनुहुन अनुरोध छ,’ शाखाले जारी गरेको सूचनामा भनिएको छ ।

आज मध्य र पश्चिम क्षेत्रमा बढी वर्षा

यता, जलतथा मासम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले आज देशको मध्य र पश्चिम भागमा बढी वर्षा हुने जनाएको छ । देशका सबैभागमा मौसम बदली भई छिटपुट वर्षा भए पनि मध्य र पश्चिम भागमा बढी वर्षा हुने शाखाले जनाएको छ । त्यस्तै आज राती पनि यही क्षेत्रमा वर्षा जारी रहने बताइएको छ ।

वीरेन्द्रनगर र पोखरामा सबैभन्दा बढी वर्षा

आज बिहान ८ बजेर ४५ मिनेट जाँदा जारी गरिएको सूचना अनुसार वीरेन्द्रनगर र पोखरामा सबैभन्दा बढी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा दुवै ठाउँमा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पोखरामा सर्वाधिक २२३ मिलिमिटर वर्षा भएको छ भने वीरेन्द्र नगरमा २०३ मिलिमिटर वर्षा भएको छ ।

त्यसपछि सिमरा र काठमाडौंमा क्रमशः ९७ र ८७ मिलिमिटर वर्षा भएको छ । पूर्वमा ताप्लेजुङमा ४५ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

किन हुँदैछ बढी वर्षा

देशका विभिन्न भागमा एकहप्तादेखि लगातार पानी परिरहेको छ । तिब्बती क्षेत्रबाट आएको वायुको ठूलो ढिक्काका कारण केही दिन नेपालको पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको मौसमविद्हरुले बताएका छन् ।

नेपालको वायुमण्डलबाट मनसुनी वायुको रेखा दक्षिणतिर सरेको र त्यसका स्थानमा तिब्बतबाट अर्को वायुको ठूलो ढिक्का नेपाली वायुमण्डलमा प्रवेश गरेकाले पश्चिम नेपालतर्फ अझै लगातार भारी वर्षा हुने अनुमान गरिएको छ । काठमाडौँदेखि पश्चिमका भागमा आउँदो बिहीबारसम्म लगातार पानी पर्ने सम्भावना छ । भारी वर्षाले गर्दा पश्चिम नेपालमा बाढी, पहिरो र डुबान हुनसक्ने सम्भावना बढेको छ ।

बर्षाको असर

हेटौँडा–कुलेखानी सडक खण्ड अवरुद्ध

हेम्जामा बाढीले एक बेपत्ता, तीन दर्जनभन्दा बढी घर डुबानमा 

सुनसरी जिल्लाका सत्र सय घर डुबानमा, एकको मृत्यु – एक बेपत्ता 

नारायणीमा खतराको सङ्केत

मोरङमा एक हजारभन्दा बढी परिवार विस्थापित, स्थानीयवासी आन्दोलित 

अविरल बर्षाका कारण कपिलवस्तुका ७ सय घर डुबानमा

पहिरोले पुरिएर गुल्मीमा ५ को मृत्यु, २५ घर परिवार पहिरोको बीचमा अलपत्र 

सप्तकोसीमा रातो बत्ती बालियो, बहाव वर्षकै उच्च

मकवानपुरमा पहिरो : ससुरालीमा बस्दै आएका टेकबहादुरको परिवारका तीनै जनाको मृत्यु

म्याग्दीका सरकारी कार्यालयमा बाढी पस्यो

खोलाले बगाएर अनुज न्यौपानेको मृत्यु

लगातारको वर्षाले भक्तपुरमा कतै डुबान कतै पहिरो (तस्बीरसहित) 

राप्तीमा बेपत्ता बोहराको खोजी जारी

बाग्मती उर्लिदाँ सुकुम्बासीको बिचल्ली (फोटो फिचर)

बाढी पहिरोमा परी प्युठानमा ५ को मृत्यु ६ वेपत्ता

बाढीले नगरपालिकाका कर्मचारीलाई बगायो

झापामा बाढीका कारण हालसम्म पाँचको मृत्यु, एक बेपत्ता 

११ दिनदेखि दुई सय पर्यटक लुक्लामा अड्किए

झापामा बाढीका कारण हालसम्म पाँचको मृत्यु, एक बेपत्ता 

‘सदन सरकार बनाउन र गिराउन व्यस्त : बाढी डुबान र पहिरोले जनता बिचल्ली’ 

रातु नदीमा आएको बाढीले बाली नोक्सान

नारायणीमा खतराको सङ्केत

यो पनि पढ्नुहोस्

कोसी ब्यारेजमा थ्रेट : ब्यारेज क्षति भए के हुन्छ असर ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप