अब लुकामारीको विश्व च्याम्पियनसीप
बिहीबार, ०९ भदौ २०७३, १८ : ०६
सानोमा सबैले लुकामारी त खेल्नै भएको होला । तर, के तपाईंलाई थाहा छ यस खेलको पनि प्रतियोगिता आयोजना गरिन्छ ? हो, ओलम्पिकमै मान्यता नपाए पनि यो खेलको वल्र्ड च्याम्पियनसिप भने आयोजना हुने गरेको छ ।
सन् २०१० मा इटालीको एउटा पत्रिका सिटिआरएलले एक पटकका लागि आयोजना गरेको यो प्रतियोगिता चर्चित बनेपछि अहिले यो वर्षिक रुपमा आयोजना हुने गरेको हो । इटालियन भाषामा ‘नासकोनडिनो’ नाम दिइएको यो प्रतियोगिताको छैटौं संस्करण आगामी सेप्टेम्बर ३ र ४ मा कोनसोनोमा आयोजना गरिने तयारी गरिएको छ ।
कुनै बेलाको चर्चित पर्यटकीय गन्तव्य रहेको यो क्षेत्र अहिले भुताहा सहरमा परिणत भएको छ । लुकामारीका लागि आर्दश स्थान भएकाले यसलाई छनौट गरिएको आयोजकहरुले बताएका छन् ।
हामीले सानोमा खेल्ने लुकामारी भन्दा अलि फरक छ यसको नियम । यसमा १८ वर्षभन्दा माथिकाले मात्र भाग लिन पाउँछन् । उनीहरुलाई पाँच जनाको टोलीमा विभाजन गरिन्छ । यसमा सहभागी हुन प्रति टोलीले १२५ युरो तिनुपर्छ । त्यसपछि उनीहरुलाई ४ समूहमा विभाजन गरिन्छ । हरेक टिमबाट एक जनालाई लुक्न लगाइन्छ । खोजी गर्ने टोलीले ६० सेकेण्डको समय दिन्छ । त्यसपछि लुकिरहेको खेलाडीले १० मिनेटभित्र अरुले नदेख्ने गरी एउटा म्याटरेस राखेको स्थानमा पुग्नुपर्छ । दुई दिनसम्मको खेलपछि विजेता घोषित गरिन्छ ।
सुन्दा सजिलो लाग्छ । तर, खोजी गर्ने टोली निकै कठिन हुन्छ । यसमा अमेरिकन फुटबल र रग्बी टोलीका सदस्यहरु हुन्छन् । त्यही भएर २५०० स्वायर फिटको मैदानमा उनीहरुलाई उछिनेर म्याट भएको स्थान पुग्न सहज हुँदैन ।
यस पटक ६४ टोलीले प्रतियोगितामा भाग लिनका लागि दर्ता गरेका छन् । यद्यपि, उनीहरु इटालीभित्रकै रहेका छन् । यसलाई विश्वव्यापी बनाउने तयारी भइरहेको आयोजकहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण