मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)

मङ्गलबार, ०९ असार २०८३, १२ : १३
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा विलम्ब भएको छ ।
  • महाधिवेशन दिउँसो २ बजेपछि मात्र सुरु हुने भएपछि नेता कार्यकर्ताहरु अलमलमै समय काटिरहेका छन् ।
  • बन्दसत्रमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने कार्यतालिका छ ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्रमा विलम्ब भएको छ । आज बिहानबाटै सुरु हुने भनिएको महाधिवेशन दिउँसो २ बजेपछि मात्र सुरु हुने भएपछि नेता कार्यकर्ताहरु अलमलमै समय काटिरहेका छन् । 

बन्दसत्रमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने गरी विस्तृत कार्यतालिका तय भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 

rsp  (2)

उनका अनुसार बिहान १० बजेदेखि नै प्रतिनिधि दर्ताको कार्य सुरु भइसकेको छ। प्रतिनिधि व्यवस्थापन उपसमितिले दर्ता प्रक्रियालाई अगाडि बढाएको हो । बिहान ११:४५ बजे खानाको समय पश्चात् दिउँसो २ बजे पार्टी सभापति रवि लामिछानेले बन्दसत्रको औपचारिक आरम्भ गर्ने कार्यक्रम तय भएको छ।

rsp  (3)rsp  (4)rsp  (5)rsp  (6)rsp  (7)rsp  (8)rsp  (9)rsp  (10)rsp  (11)rsp  (12)rsp  (13)rsp  (14)rsp  (15)rsp  (16)rsp  (17)rsp  (18)rsp  (19)rsp  (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप