डिल्लीबजार जेलबाट भागेका कैदी ‘टिके डाका’ र प्रहरी बीच गोली हानाहान
काठमाडौं– काठमाडौं उपत्यकामा भएका श्रृङखलाबद्ध लुटपाट तथा डकैती मुद्दामा जेल परेका रामेछापका टीका थापामगर र प्रहरीबीच दोहोर फायरिङ भएको छ । माघ ४ गते मध्यराती डिल्लीबजार स्थित गोलघरबाट भागेका थापा मगर र प्रहरीबीच शनिवार चितवनको रामनगरमा दोहोरो मुठभेट भएको हो ।
महानगरीय अपराध महाशाखाबाट मगरको खोजीमा निस्किएको प्रहरीलाई देख्नासाथ उनले चलाएको मोटरसाईकल पछाडि सवार अर्का ब्यक्तीले प्रहरीलाई गोली प्रहार गरेका थिए । प्रहरीको जवाफी फायरिङ गर्दा ‘टिके डाका’ उपनामले चिनिले थापामगर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभु ढकालले जानकारी दिएका छन् ।
बा. ४७ प ५०५२ नम्बरको मोटरसाईकलमा रामनगर पुगेका थापामगरले मोटरसाईकल चलाएका थिए । ‘थापामगरको चलाएको मोटरसाईकल पछाडी बसेका उनका साथीले प्रहरीलाई एक राउण्ड गोली हानेर फरार भएका छन्’ डिएसपी ढकालले भने, ‘प्रहरीले जवाफी फायरिङ गर्दा थापाको दाहिने खुट्टा र दाहिने हातमा गोली लागेको छ ।’
चितवनको भरतपुर अस्पतालमा उपचार गराईरहेका थापालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याउने तयारी भइरहेको छ । प्रहरीले थापामगरमाथी ३ राउण्ड गोली प्रहार गरेको थियो ।
माघ ४ गते गोलघरको जाली काटेर टिका फारार भएपछी प्रहरीकै मिलेमतोमा कैदी भागेको हुनसक्ने भन्दै महानगरीय प्रहरी कार्यालय रानिपोखरीले ड्युटीमा रहेका प्रहरीलाई पनी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।
२०७३ पुसमा कौशलटारस्थित बैंकबाट पैसा निकालेर गठ्ठाघर तर्फ जाँदै गरेकी मन्दिरा अधिकारीको ६ लाख नगद लुटेपछि महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो । रामेछापको दोरम्बार स्थायी घर भएका टिकालाई पुस २६ गते अपराध महाशाखाले पक्राउ गरेर मुद्धा चलाएको थियो ।
यसअघी अपराध महाशाखाका प्रमुख (एसएसपी) दिवेश लोहनीले प्रहरीसँगको दोहोरो मुठभेटका क्रममा टीका थापामगरको मृत्यु भएको बताएका थिए । एसएसपी लोहनीको सूचनाका आधारमा यसअघि प्रकाशित समाचार क्षमायाचनासहित सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण