ग्यास्ट्राइटिस भए के गर्ने ?
शुक्रबार, ०७ असोज २०७३, ११ : २४
हामीले खाएको खाना आमाशयमा चारदेखि ६ घन्टासम्म रहन्छ । त्यसपछि खाना पचाउने प्रक्रिया सुरु हुन्छ । खाना पच्नलाई त्यहाँ विभिन्न पाचन रस आउने गर्छ । त्यसमा पनि हाइड्रोक्लोरिक एसिड र पेप्सिनले महत्वपूर्ण भूमिका खेल्छन् । यिनीहरूको काम आमाशयमा रहेको खानालाई सहज रूपमा पचाउने हो । यिनीहरूले शरीरका कुनै पनि भागलाई असर नगरी खानालाई पचाउने काम गर्छन् । तर, शरीरको आफ्नै सुरक्षा प्रणाली कमजोर भयो र सहज रूपमा पाचन प्रक्रिया हुन सकेन भने हामीलाई ग्यास्ट्राइटिस हुन्छ । तर, ग्यास्ट्राइटिस हो/होइन भन्ने परीक्षणपछि मात्र थाहा हुन्छ ।
लक्षण
छाती र पेटको बीचको खाल्टोवरिपरि दुख्नु
पेट पोल्नु, भोक हराउनु, पेट ढुस्स भएकोजस्तो हुनु या भारी हुनु
विनाकारण टाउको दुख्नु,
वाकवाकी लाग्नु, बान्ता हुनु र कहिलेकाहीँ बान्तामा रगत देखिनु
कालो दिसा आउनु, खाना नपच्नु आदि
ग्यास्ट्राइटिस बिग्रँदै जाँदा अल्सर हुने र बारम्बारको अल्सरले क्यान्सर हुने सम्भावना पनि हुन्छ
ध्यान दिनुपर्ने
चिल्लो, पिरो, अमिलो, मसलेदार र तारेको खानेकुरा नखाने रक्सी चुरोट सेवन नगर्ने सकेसम्म घरमा बनाएको खाना खाने, बाहिरको खाना नखाने जुनसुकै रोगको पनि चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्ने लहैलहैमा औषधि सेवन नगर्ने ।
ग्यास्ट्राइटिसबाट जोगिन
ग्यास्ट्राइटिसबाट जोगिने सबैभन्दा महत्वपूर्ण कुरा भनेको सामान्य जीवनशैली र स्वस्थ खाना नै हो
सही समयमा खाना खाने
रेसा र चोकरयुक्त खस्रा मोटा खानेकुरा खाने
सागसब्जी, सलाद–फलफूल, फलफूलको रस, स्याउ, स्ट्रबेरी, मेवा, लसुन सेवन गर्ने
पानी प्रशस्त पिउने ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन
-
अमेरिकाको नयाँ भिसा बन्ड पाइलट कार्यक्रम घोषणा
-
मेटा–रिलायन्स एआई डाटा सेन्टर सम्झौता
-
तोकिएको समयसीमाभित्रै सदस्यता अद्यावधिक गरिसक्न कांग्रेसकाे आग्रह
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
नीति प्रतिष्ठानको चौथो बैठकमा विषयगत अवधारणा प्रस्तुत, आचारसंहिता पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण