अपडेट
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
बुधबार, २७ जेठ २०८३, २३ : ०१
सारांश
- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ गते राति १२ बजेसम्म रहेको जानकारी दिएका छन् ।
- हालसम्म सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये चार लाख ५७ हजार ३६६ जनाले क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् ।
- कांग्रेसले पार्टीको आन्तरिक प्रणालीलाई प्रविधिमैत्री बनाउन र वास्तविक सदस्यको तथ्याङ्क एकीकृत गर्न यो अभियान सञ्चालन गरेको हो ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले क्रियाशील सदस्यता समयमै अद्यावधिक गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
महामन्त्री पौडेलले बुधबार एक विज्ञप्ति जारी गरी पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद यही जेठ २८ गते राति १२ बजे समाप्त हुन लागेको जनाउँदै छुट भएकालाई अद्यावधिक गर्न आग्रह गरेका हुन् ।
उनका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल सात लाख ८२ हजार २०९ जना सदस्यमध्ये आजसम्म चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरिसकेका छन् । यस्तै, एक लाख २४ हजार ७४८ जना सदस्यले अद्यावधिक फारम पेस गरी प्रक्रियामा रहेका उनले बताए ।
कांग्रेसले पार्टीको आन्तरिक प्रणालीलाई प्रविधिमैत्री बनाउन र वास्तविक सदस्यको तथ्याङ्क एकीकृत गर्न यो अभियान सञ्चालन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण