मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जब आँखै नभएको बालक जन्मियो...

शुक्रबार, १४ असोज २०७३, १२ : १९
शुक्रबार, १४ असोज २०७३

एक महिलाले दुबै आँखा नभएको बालकलाई जन दिएकी छिन् ।

लिउ पेइहुवाले गत सेप्टेम्बर २० तारिखमा यस्तो बालकलाई जन्म दिएकी छिन् जसको शरिरमा आँखाका तन्तु नै छैन ।

डाक्टरका अनुसार ती बालकलाई एनोप्थाल्मिया नामक रोग लागेको छ जुन १ लाख बच्चाहमध्ये एउटामा देखिन्छ ।

गोआंगझोउ, चीनमा बस्ने ती बालककी आमाले अब छोराको उपचारका लागि विशेषज्ञहरुको खोजी गरिरहेकी छिन् ।

चीनियाँ मिडियाले ती बालकलाई ‘आँखा नभएको बच्चा’ भनी सम्बोधन गरिरहेका छन् । बच्चा जन्मुभन्दा अघि उनको यस्तो अवस्थाबारे केही पनि जानकारी नभएको ती त्यहाँका मिडियाले जानकारी दिएका छन् ।

डाक्टरका अनुसार एनोप्थाल्मिया जस्तो स्थितीको जानकारी अल्ट्रासाउन्ड वा गर्भवती हुँदा गरिने जाँचमा थाहा हुँदैन ।

नवजात शिशुको यस्तो स्थितीका कारण उनकी आमा निकै विक्षिप्त बनेकी छिन् । छोराले दुध खान राइरहने र अरु बालकको जस्तै व्यवहार गर्ने उनले जानकारी दिएकी छिन् ।

यस्तो रोग अनुवांसिक परिवर्तन र असामान्य क्रोमोसेज्मका कारण हुनसक्छ । अनुसन्धानकर्ताका अनुसार यसो हुनुको पछाडि एक्स–रे, केमिकल, ड्रग्स, भाइरस र रेडियसन कारण हुनसक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप