जागिर नपाएको झोंकमा एक पुरुषले गरे स्तन प्रत्यारोपण, थाहा पाउनुस् त्यसपछि के भयो...
पुरुषले भन्दा महिलाले जागिर पाउने सम्भावना उच्च रहेको ठान्ने एक ३० वर्षीया चीनियाँ पुरुषले स्तन प्रत्यारोपण गराएका छन् ।
अडिटी सेन्ट्रलका अनुसार हु थर भएका ती व्यक्तिले महिनौंदेखि कामको खोजी गरिरहेका थिए । यही क्रममा उनले महिलाले निकै सजिलो सँग काम पाइरहेको अनुभव गरे । समाचार रिपोर्टले पनि पुरुषको तुलनामा महिलाहरुले आफ्नो करियर बनाउन धेरै अवसरहरु पाउने खबर सुने । उनले आफ्नो सिमित कार्य अनुभवका बाबजुद जागिर पाउने सजिलो उपाय के होला भन्ने सोच्न थाले । त्यतिबेलै उनको मथिङ्गलमा घुम्यो, स्तन प्रत्यारोपण ।
स्तन बढाउने शल्यक्रियाका लागि पैसा खर्च गर्न नसकेका उनले गत अगस्टमा आफू बसेको झुजाउबाट चाङ्सास्थित रुइलान मेडिकल कस्मेटिक हस्पिटलमा शल्यक्रियाका लागि गए । सबैकुरा उनले सोचेअनुसार नै भयो । शल्यक्रियापश्चात् उनी आफ्नो नयाँ स्तनका साथ घर फर्किए । उनले आफ्नो यो सोचाइबारे आफ्नो परिवारलाई भनेका थिएनन् र जब उनीहरुको आँखा उनको छातीमा पुग्यो तब तीन छक खाए ।
‘म निकै डराएको थिएँ, यो कसरी हुनसक्छ ? यस्तो ठूलो स्तन भएको पुरुषले कसरी अरुसँग सामना गर्नसक्ला ?’ हुकी आमाले एक भिडियो अन्तर्वातामा बताइन् । ‘तपाईंले अनुमान पनि गर्नसक्नुहुन्न होला, म कोठामा एक्लै कतिपटक रोएकी छु ।’ छोराको नयाँ स्वरुपलाई सहन नसकेकी उनकी आमालगायत परिवारका अन्य सदस्यले स्तन प्रत्यारोपणलाई हटाउन पटक–पटक दबाब दिए । परिवारको दबाब अगाडि उनको केही लागेन । उनले जुन उद्देश्यका साथ आफ्नो शरिरमा स्तन प्रत्यारोपण गरेका थिए, त्यसको लागि प्रयोगमा नल्याइकनै उनले आफ्ना ती दुई गहनालाई हटाइदिए । तर उनको दुःख यत्तिमा नै सिमित भएन ।
उनले भने, ‘मसँग स्तन प्रत्यारोपणका लागि पैसा थिएन, त्यसकारण मैले अस्पतालबाट यसका लागि जानकारी लिएँ । उनीहरुले मलाई उक्त पैसा ऋण लिएर पनि तिर्न सकिने बताए । उनीहरुले यसका लागि मेरो फोन र आइडी कार्ड पनि लिए ।’ हुले शल्यक्रियाको लागि स्विकारोक्ति दिएको तर उक्त प्रक्रियाका लागि ऋण लिन अस्विकार गरेको दाबी गरे । उनका अनुसार उनलाई यस विषयमा दैनिकजसो फोन आउने गरेको जसले उनलाई मानसिक रुपम विक्षिप्त बनाएको छ ।
रुइलान मेडिकल कस्मेटिक हस्पिटलका प्रवक्ताले उनी १८ वर्षभन्दा माथि भएको र उनले डकुमेन्टमा साइन गरेको बताउँदै उनी कारवाहीका लागि तयार रहनुपर्ने मनसाय व्यक्त गरे ।
सम्झौता गर्न उनी अक्टोबर २ तारिखमा अस्पताल गएको बताइएको छ । अन्त्यमा अस्पतालले शुल्कमा कटौती गर्ने र क्षतीपूर्ती स्वरुप ३ सय ५० डलर बुझाएको हुनान जियाओजियाङ हेराल्डले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण