मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बीएमडब्लू कारभन्दा महँगो नङ पालिस, मूल्य थाहा पाउँदा दंगदास पर्नुहुनेछ

सोमबार, ०८ कात्तिक २०७३, १० : ३९
सोमबार, ०८ कात्तिक २०७३
तपाईंले अहिलेसम्म कत्तिको महँगो नङ पालिस लगाउनुभएको छ ? तपाईंमध्ये धेरैले भन्नुहोला १ हजार, १० हजार वा १ लाख । तर यदि हामीले तपाईंले यत्तिको मूल्यको नङ पालिस त निकै सस्तो हो भन्दा तपाईंलाई अचम्म लाग्यो होला । आज हामी तपाईंलाई यस्तो नङ पालिसबारे जानकारी दिँदै छौं जसको मूल्य लाखौंमा नभई करोडौंमा छ । संसारको सबैभन्दा महँगो पाँच नङ पालिस यस्ता छन्ः १. एजाचरः ‘एजाचर’ नामक ब्रान्डको नङ पालिस संसारको सबैभन्दा महँगो साबित भएको छ । २५०,००० डलर (२ करोड ६७ लाख रुपैयाँ) पर्ने यो नङ पालिसको मुख्य विशेषता यसमा रहेको २६७ क्यारेटको ‘ब्ल्याक डाइमण्ड’ हो । संसारको सबैभन्दा महँगो साबित भएको यो नङ पालिसलाई अहिलेसम्म २५ जना मानिसले खरिद गरेका छन् । करिब ५ सय ६७ मानिसहरुले यो नङ पालिसका लागि रजिस्टर गरिसकेका छन् । अहिलेसम्म मेगान फक्स, केली क्लार्कसन र लिव टाइटरजस्ता हलिउड नायिकाले यो नङ पालिस किन्न सक्षम भएका छन् । २. ‘गोल्ड रस कोचर’ महँगो नङ पालिसको सूचीको दोस्रो नम्बरमा ‘गोल्ड रस कोचर’ पर्दछ । १३०,००० डलर (१ करोड ३९ लाख रुपैयाँ) पर्ने यो नङ पालिसमा सुन र हिरा मिसाइएको छ । पालिसका साथै यसको बट्टा पनि निकै महंगो भएकाले नङ पालिस सिद्धिएपछि पनि यसलाई सजाएर राख्न सकिन्छ । ३. एले कस्मेटिकको ‘आइ डु’: एले कस्मेटिकको ‘आइ डू’ नङ पालिसको मूल्य ५५,००० डलर (५८ लाख ८५ हजार रुपैयाँ) पर्दछ । यो नङ पालिस विदेशी बजारमा निकै लोकप्रिय छ । ४. आइस्ड मेनिक्युरः आइस्ड मेनिक्युर नङ पालिस पनि संसारको सबैभन्दा महंगो नङ पालिसको सूचीमा पर्दछ । यसको मूल्य ५१,००० डलर (५४ लाख ५७ हजार रुपैयाँ) पर्दछ । ५. रेड कार्पेटः रेड कार्पेट नङ पालिसको मूल्य १ हजार डलर (१ लाख रुपैयाँ) हो । महिलाहरुबिच यो नङ पालिस निकै चर्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप