मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

संसारको सबैभन्दा महँगो विवाहः दुलहीको गाउन ६ करोडभन्दा बढि, केक १० फिट अग्लो

बिहीबार, १८ कात्तिक २०७३, १३ : ४३
बिहीबार, १८ कात्तिक २०७३

रुसी अर्बपती इलखोम शोकिरोवको छोरीको विवाह संसारको सबैभन्दा महँगो विवाह साबित भएको छ ।

बेहुली मदिना सोकिरोवले बेलायती डिजाइनरको ५ लाख पाउण्ड (६ करोड ५८ लाख रुपैयाँ) पर्ने गाउन लगाएकी थिइन् ।

निकै आकर्षक देखिने यो विवाहको रिसेप्सन पश्चिमी रसियाको मस्कोस्थित र्याडिसन रोयल कंग्रेस पार्क होटलमा आयोजना गरिएको थियो ।

रिपोर्टका अनुसार विवाहमा ९ सय पाहुना थिए । उनको करोडौंको गाउनमा चाँदीले इम्ब्रोइडरी गरिएको थियो जसमा ओर्गान्जाका पातहरु राखिएका थिए । यसका साथै सयौं मात्रामा मोती र स्वारोभ्स्की क्रिस्टलले उनको गाउनलाई थप आकर्षक बनाउन सहयोग गरेको थियो ।

विवाह समारोहका आयोजकले १० फिट अग्लो केक प्रस्तुत गरेर त्यहाँ उपस्थित सबैलाई अचम्मित बनाएका थिए ।

न्यूज साइट लाइफका अनुसार विवाह समारोहको मनोरञ्जनका लागि मात्रै ३ लाख ८८ हजार पाउण्ड (५ करोड ११ लाख रुपैयाँ) खर्च गरिएको छ ।

बेहुलीका परिवार मिडियाको लाइमलाइटबाट टाढै बस्ने खोजेपनि उनीबारे थोरै जानकारी डेली मेलले पत्ता लगाएको छ ।  । बेहुलीका बुवा इलकोम सोकिरोव उत्तर–पूर्वी उज्वेकिस्तानमा अवस्थित तास्केन्ट शहरमा रहेको अत्याधुनिक सुविधासम्पन्न होटलका मालिक हुन् ।

यसका साथै, उज्बेकिस्तानको सबैभन्दा ठूलो सपिङ सेन्टरमा उनको ६५ प्रतिशत सेयर रहेको बताइएको छ । पश्चिमी रसियाको मस्कोमा रहेको दुईवटा होटलमा पनि उनको लगानी रहेको खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप